५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएकाे मकैबाली सलह किराले सखाप

अर्घाखाँची – अर्घाखाँचीमा पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको मकैबाली सलह किराले नष्ट गरेको छ ।

छ दिनदेखि सलहले खेतबारी नछाडेपछि स्थानीयहरु हैरान भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शितगंगा नगरपालिकामा सलह नियन्त्रणमा आउन सकेको छैन् ।

नगरपालिका -७ को जलुके, जुवाकोटलगायतका क्षेत्रमा ९ हजारभन्दा बढी बढी क्षेत्रमा लगाएको मकै पूर्णरुपमा नष्ट गरेको वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिनुभयो । सलहले खेती खाएपछि वडाबासीहरु अत्यन्तै चिन्तित भएको बताउनु भयो ।

एक रोपनी क्षेत्रफलमा सामान्य पनि २ क्वीन्टल मकै उत्पादन हुन्छ । जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाएको मकै पूर्णरुपमा र केही भागमा आंशिक क्षती पुगेको छ ।

सितगंगा १० सिद्धाराको दुम्सीलगायतका क्षेत्रमा पनि सलहले मकैबाली पूर्णरुपमा नष्ट गरेको वडाअध्यक्ष हिम्मत पोख्रेलले बताउनु भयो ।

सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र पाणिनि गाउँपालिका सबैतिर सलह देखिएको छ ।

यसले धेरै क्षेत्रमा बढी क्षति पुर्याएको कृषी ज्ञान केन्द्र अर्घाखाँचीका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिनु भयो । मकैबालीका साथै अन्य बालीमा क्षति पुगेको र तथ्याङ्क संकलन गर्ने कार्य भैरहेको जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…

ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको ज्या’न गयो

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृ’त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका…

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…