राष्ट्रपति भेट्न प्रधानमन्त्री शितलनिवासमा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

शनिबार अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन्।

अहिले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको स्रोतले सेतोपाटीलाई जानकारी दियो। के विषयमा भेटवार्ता भएको हो भन्नेबारे खुलाइएको छैन।

पार्टीभित्रबाटै अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न प्रधानमन्त्रीमाथि दवाव छ। विवाद बढ्दै गएपछि सहमति जुटाउन भन्दै स्थायी कमिटी बैठक पनि स्थगित गरिएका छन्।

यसअघि असार १८ गते पनि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेग्लाबेग्लै समयमा राष्ट्रपतिलाई भेटेका थिए।

यसैबीच प्रधानमन्त्री ओलीले मन्त्रीहरू र राज्यमन्त्रीहरूलाई शनिबार बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन्। एक मन्त्रीले सेतोपाटीलाई दिएको जानकारीअनुसार प्रधानमन्त्रीले बेलुकी ७ बजे उपस्थित हुन भनेका छन् तर उक्त बैठक औपचारिक भने होइन।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…

गम्भीर बिरामीको पनि भर्ना नलिने सरकारी अस्पताल, उपचार नगरेबापत सरकारविरुद्ध…

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का जतिसुकै गम्भीर बिरामी भए पनि पैसा छैन भने कुनै पनि अस्पतालले भर्ना नलिने भएको छ । काठमाडौंस्थित सिभिल…

हङकङले ताइवानका विमानलाई विवादित प्राटस टापुमा पुग्न लगायो रोक

हङकङले ताइवानलाई विवादित प्राटस टापुमा पुग्न रोक लगाएको छ। विवादित क्षेत्र वरपरको हवाई क्षेत्र अर्को सूचना नआएसम्म बन्द रहने बताउँदै हङकङले ताइवानलाई विवादित प्राटस टापुमा…

उपचार नपाउँदा मौलिक हक हनन, सरकारी अस्पतालले कोरोना संक्रमितबाट पैसा…

काठमाडौं ।  संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त…

भारतको गोप्य सेनामा काम गर्ने तिब्बती सैनिक

घरको एउटा कुनामा निमा तेन्जिङको तस्विर राखिएको छ, त्यहाँ राखिएको तेलबाट बल्ने दियोको प्रकाश त्यसमाथि परिरहेको छ । छेउको कोठामा प्राथना जारी छ जसमा घरका…