कतारबाट फर्किएको ३ दिनमै कोरोना सङ्क्रमणबाट मृ’त्यु, मृ’तकको सङ्ख्या ३४ पुग्यो

काठमाण्डाै । नेपालमा कोरोनाकाे कारण थप दुई जनाको मृ’त्यु भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणकाे कारण मृ’त्यु भएको हो ।

गएकाे असार १७ गते कतारबाट फर्किनुभएका उहाँलाई निमोनिया भएपछि १८ गते गोरखा जिल्ला अस्पताल भर्ना हुनुभएको थियो । १९ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र शनिबार बिहान मृ’त्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै गएकाे असार १७ गते मृ’त्यु भएका रुपन्देहीको देवदहका एक ७५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । असार १४ गते क्षयरोगको उपचारको लागि अस्पताल भर्ना हुनुभएका उहाँको १७ गते मृ’त्यु भएको र १८ गते कोरोना परीक्षण गर्दा रिपाेर्ट पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…