लद्दाख पुगेर चीनविरुद्ध गरेको मोदीको सम्बोधन चीनको एउटा ट्वीटले खारेज

चीनसँग सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार पूर्वी लद्दाखको लेहमा गएर सैनिकलाई सम्बोधन गरे । उनले चिनियाँ सैनिकसँगको भि’डन्तमा घा’इते भएका सैनिकलाई भेटे । सैनिकहरुलाई सम्बोधन गरे ।

चीनसँगको भि’डन्त’मा देखाएको साहसको चर्चा घर–घरमा रहेको भन्दै मोदीले सैनिकको हौसला बढाउने प्रयास गरे । मोदीले सम्बोधनको क्रममा चीनको नाम लिएनन्, तर उनले बिस्तारवादको युग समाप्त भएको बताए ।

मोदीको टिप्पणीप्रति चीनले आफ्नो प्रतिक्रिया दिएको छ । दिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता जी रोङ्गले ट्वीट गरेर मोदीको टिप्पणी खारेज गरेका छन् ।

उनले लेखेका छन्, ‘चीनका १४ छिमेकी मध्ये १२ देशसँग शान्तिपूर्ण वार्ताको आधारमा सीमा निर्धारण भएको छ, यसले स्थल सीमालाई मित्रवत सहयोगको बन्धनमा बाँधेको छ । छिमेकीसँग चीनको मतभेदलाई बढाई–चढाई गरी, कपोलकल्पित रुपमा प्रस्तुत गर्नु र त्यसलाई बिस्तारवादको रुपमा देखाइनु आधारहीन छ ।’

चीनसँगको सीमा विवादमा कडा रुपमा प्रस्तुत नभएको भन्दै आलोचनाको केन्द्रमा आएका मोदी शुक्रबार अप्रत्याशित रुपमा लेह गएर सेनालाई सम्बोधन गरी राष्ट्रियताको मुद्दामा आफू अडिग रहेको देखाउन खोजेका हुन् । तर त्यहाँ उनले गरेको सम्बोधनले शान्तिपूर्ण रुपमा वर्तमान समस्या समाधानको प्रयासमा भने केही असर गर्ने देखिएको विश्लेषण छ ।

गएको जुन १५ को राति चीनसँगको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनका सैनिकबिच भि’डन्त भएको थियो । सो भि’डन्तमा भारतीय सैनिकका एक उच्च अधिकारीसहित २० ज’नाको ज्या’न गएको थियो । अरु ७० भन्दा बढी भारतीय सैनिक घा’इते भएका थिए ।

चीन तर्फ पनि ह’ताहती भएको दाबी गरिए पनि अहिलेसम्म त्यसको कुनै आधिकारिक जानकारी आएको छैन र चीनले पनि यसबारे केही बताएको छैन ।

सो भि’डन्त’पछि भारत र चीनबिच समस्या समाधानका लागि सैन्य तथा कूटनीतिक तहमा वार्ताहरु भएका छन् । दुवै पक्ष शान्तिपूर्ण रुपमा समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताए पनि आरोप–प्रत्या’रोपको क्रम भने रोकिएको छैन ।

भर्खरै प्रकाशित

२२ वर्षे ब्लगर : जसले इन्टाग्रामको एक पोष्टबाट १५ लाख…

फेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडियामा दैनिक करोडौँ प्रयोगकर्ताहरुले विभिन्न सामाग्रीहरु पोष्ट गर्ने गर्छन् । आफ्ना विचार, गतिविधि, तस्वीर, भिडियो, टिप्पणी जस्ता सामाग्रीहरु सोसल…

दैनिक ३ करोडभन्दा बढीको बिजुली खेर जाँदै

काठमाडौं । यो साता केही दशैंका कारण विद्युतको माग धेरै कम भयो । सामान्यतयाः दशैंका बेलामा यसरी बिजुलीको मागमा भारी कमी आउँछ । दशैंका कारण…

दसैं मान्न घर आएका युवामा कोरोना पुष्टि, पाँच दिनका लागि…

बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ । दसैं मनाउन घर आएका एक युवामा दसैंकै दिन कोरोना संक्रमण पुष्टि…

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…