दार्चुला भारतीय सीमाक्षेत्रमा थपिए सशस्त्र प्रहरीका तीनवटा बोर्डर आउट पोस्ट

दार्चुला । भारतसँग सीमानाका जोडिएको दार्चुलाका तीन स्थानमा एकै पटक सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएको छ। दार्चुलाका भारतसँग सीमा जोडिएका मालिकार्जुन गाउँपालिका-७ जौलजिबिमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएको हो।

त्यसैगरी लेकम गाउँपालिका-३ लाली र ब्याँस गाउँपालिका-२ दुम्लिङ्ग्मा पनि बोर्डर आउट पोस्ट स्थापना गरिएको छ। ती बोर्डर आउट पोस्ट स्थापनाका लागि सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरि शंकर बुढाथोकी दार्चुला पुगेका थिए।

सरकारले यसअघि भारतीय अतिक्रमणमा परेको कालापनी क्षेत्रस्थित छाङ्‍रुमा बोर्डर आउट पोस्ट स्थापना गरिसकेको छ। उक्त बोर्डर आउट पोस्टमा रहेका सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दसहितको टोलीले छाङ्‍रुबाट अगाडि कालापानी क्षेत्र र चीनसँगको सीमाक्षेत्र तिंकरसम्म गस्ती गर्दै आएको छ।

सीमाक्षेत्रमा सशस्त्र प्रहरी बसेर गस्ती बढाएपछि नेपालतर्फ छिरेर भारतीयले गर्ने तस्करी र अन्य वनपैदावार चोरी निकासीका घटनामा पनि व्यापक कमी आएको स्थानीयबासी बताउँछन्।

भर्खरै प्रकाशित

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…

बंगलादेश : कुनै बेला गरिबीको चपेटामा परेको देश बन्यो विश्वकै…

ढाका। ढाकाको ब्यस्त सडकबाट दुई घण्टा दक्षिणतर्फ लागेपछि एउटा धुलौटे सडक आउँछ। रिक्साबाट त्यो धुलौटे सडक पार गर्दा पुगिन्छ एउटा अत्याधुनिक गार्मेन्ट फ्याक्ट्री जहाँ दैनिक…

सांसदको उपचार खर्च २०० प्रतिशतले बढ्यो

४ कात्तिक, काठमाडौं । संघीय सांसदको उपचार खर्च २०० प्रतिशतले बढेको पाइएको छ । गत आर्थिक वर्ष (२०७६/०७७) को पहिलो तीन महिना (साउन, भदौ र…

सांसदले मात्र किन सरकारी कर्मचारीहरूले पनि दसैं भत्ता कोरोना कोषमा…

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा संघीय सांसद बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ताबापतको रकम फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन् । दसैं भत्ताको…

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…