अनुसन्धान भन्छ – जेठो सन्तान जस्तो बौद्धिक अरु हुँदैनन् ! कान्छा सन्तान सबैका प्यारा !

के तपाईं घरको जेठो सन्तान हुनुहुन्छ ? त्यसो हो भने तपाईं लागि खुसीको खबर छ । केही समय अघि मात्र गरिएको अध्ययन अनुसार, कुनैपनि परिवारको जेठो सन्तान हुनुका फाइदा धेरै छन् ।

जर्मनस्थित लिपजिग युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको अध्ययन अनुसार, परिवारको सबैभन्दा जेठो सन्तान अन्य भन्दा धेरै फूर्तिलो र बौद्धिक हुन्छ ।

अनुसन्धान प्रतिवेदन अनुसार, पहिलो बच्चा पछि जन्मिने हरेक सन्तान पहिलोको तुलनामा कम बौद्धिक र फूर्तिलो हुन्छन् ।

अर्थात् वैज्ञानिकहरुका अनुसार पहिलो भन्दा दोस्रो अलिक कमसल, दोस्रो भन्दा तेस्रो झन् कमसल, चौथौ अझै कमजोर हुने गर्छन् । तर सबैको हकमा भने यो कुरा लागु नहुने बैज्ञानिकहरुको निश्कर्ष छ ।

अभिभावकहरुबाट पाउने गुण पछिल्ला सन्तानमा कम हुँदै जाने भएकाले पनि पछिका सन्तान हरेक दृष्टिले कमजोर हुने वैज्ञानिकहरुको दाबी छ ।

अनुसन्धानकर्ताहरुले सयौं बालबालिका माझ यो अध्ययन गरेका थिए । सो अध्ययन प्रोसिडिङ अफ दी नेसनल एकेडेमी अफ साइन्समा प्रकाशित गरिएको छ ।

कान्छा सन्तान सबैका प्यारा ! 

जन्मको क्रमले बालबालिकाहरुको व्यक्तित्वमा पार्ने असरबारे वैज्ञानिकहरुले समेत आश्चर्य व्यक्त गर्ने गरेका छन् ।

सबैको घरमा जेठो सन्तान भन्नासाथ जिम्मेवारी जोडिएर आउँछ भने कान्छोलाई चाहिँ बढी माया पाएको सन्तानका रुपमा हेरिन्छ । यसबीच माइलो वा बीचका सन्तान भने धेरै अवस्थामा नजरअन्दाज हुने गरेको प्रायः परिवारमा देखिएको छ ।

हामीले यि कुरामा ध्यान नदिए पनि यो सबै परिवारको वास्तिविकता रहेको विज्ञहरु बताउँछन् । यसबीच वैज्ञानिकहरुले यो विषयलाई ‘बर्थ अर्डर थेउरी’ अर्थात जन्मक्रम सिद्धान्तको नाम दिएका हुन् ।

जसले पारिवारमा हाम्रो स्थानले हाम्रो आनीबानी, व्यवहारिक शैली र व्यक्तित्व प्रभावित भइरहेको हुन्छ भन्ने जनाउँछ । यसमा अष्ट्रेलियाका एक ऐतिहासिक फिजिसियन र साइकोथेरापिस्ट अल्फ्रेड एल्डरको अध्ययनलाई अहिलेसम्म पनि सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

त्यतिबेला उनले परिवारमा हुर्किएर पनि फरक व्यवहार र व्यक्तित्व भएका बालबालिकालाई राम्ररी बुझ्ने प्रयास गरेका थिए । उनी आफू चाहिँ सात जनामध्ये दोस्रो अर्थात् माइलो सन्तानमा पर्दथे ।

यसबीच १९२७ मा एल्डरले पहिलो, दोस्रो, कान्छो गरी परिवारमा जन्मिने क्रमले मान्छेको व्यक्तित्वमा अत्यन्तै ठूलो प्रभाव पार्ने खुलासा गरेका थिए । उनका अनुसार अभिभावकले सबै बच्चाहरुलाई उनीहरुको जन्म क्रम अनुरुप भिन्दाभिन्दै व्यवहार गर्ने गरेकाले नै यस्तो हुन्छ ।

यसका साथै उनले अभिभावकहरुले बच्चाहरुलाई एकअर्कासँग तुलना गर्ने गर्नुले पनि तिनमा आफूलाई अरु भन्दा कम सम्झिने एक किसिमको हीन भावना जाग्रित गराउने गरेको पत्ता लगाएका थिए । त्यसैबेलादेखि अनुसन्धानकर्ताहरुले जन्म क्रम अनुसार सन्तानको व्यक्तिगत गुणबारे अझ बढी जानकारी हासिल गरेका हुन् ।

जस्तै यसमा जेठो छोरा प्रायः सबैलाई खुसी पार्ने, जिम्मेवार, विश्वसनीय र ठानिन्छ । तर ऊसँग मालिक प्रवृत्तिको र सबैलाई नियन्त्रणमा राख्ने किसिमको गुण पनि हुन्छ ।

यसरी जेठो सन्तानले पहिले अभिभावकले पूरा ध्यान पाइरहेको हुन्छ तर दोस्रो सन्तानको आगमन पछि भने उसले आफूलाई बेवास्ता गरिएको महसुस गर्छ । चर्चित जेठा सन्तानहरुमा विन्सटन चर्चिल र जेके रोलिङ पर्दछन् ।

त्यस्तै माइलो वा बीचका सन्तान चाहिँ प्रायः धेरै कुराबाट किनारा लगाइएका हुन्छन् भने धेरै अवस्था नजरअन्दाज गरिएको महसुस गर्छन् । त्यसैले उनीहरु अधिकांश समय घरमा शान्ति कायम राख्ने पात्र बन्न पुग्छन् । उनीहरुमा जस्तो सुकै वातावरणमा पनि आफूलाई सजिले ढाल्न सक्ने व्यक्तित्व विकास भएको हुन्छ । चर्चित दोस्रा सन्तानमा बिल गेट्स र अमेरिकी गायिका मडोना पर्छिन् ।

यता सबैभन्दा कान्छो सन्तान चाहिँ प्रायः आफैँमा मात्र केन्द्रित र चतुर किसिमको, रमाइलो र सबैका प्यारा हुन्छन् । तर यसमा कान्छो भए पनि यिनले आफूप्रति सबैको ध्यानाकर्षण गराउन धेरै प्रयास गरिरहेका हुन्छन् भने परिवारबाट आफ्नो स्वतन्त्रता कायम राख्न पनि यिनले संघर्ष गर्नुपर्ने हुन्छ ।

यसकारण पनि यिनीहरु अन्य दाजुभाइ दिदीबहिनी भन्दा धेरै फरक देखा पर्छन् । चर्चित कान्छा सन्तामा माहात्मा गान्धीको नाम आउने गर्दछ । यसेगरी एक्ला सन्तानहरुबारे पनि एड्लरले थुप्रै खुलासा गरेका छन् । एक्ला सन्तानहरु प्रायः आफ्नो मात्र ख्याल गर्ने, स्वार्थी, स्वतन्त्र, सबैको स्वीकृति पाउन खोज्ने, अनि परिपक्व प्रवृत्तिका हुन्छन् ।

उनीहरु सानैदेखि एक्लै हुर्किने हुँदा यिनमा बानी कि जेठो कि कान्छो सन्तानको जस्तो गुण हुने बताइएको छ । चर्चित एक्ला सन्तानहरुमा हेरि पोटरको पात्र निर्वाह गरेका विश्वचर्चित अभिनेता ड्यानिअल रेडक्लिफ र लिओनार्दो दा भिन्सी रहेका छन् ।

यसरी १९९६ मा अमेरिकी साइकोलोजिस्ट फ्रयांक सलोवेले पनि जन्मक्रम अनुरुप बालबालिकाको व्यक्तित्वमा देखिने भिन्नतालाई डार्बिनको प्रतिस्पर्धा र अस्तित्वको सिद्धान्तसँग जोडेका थिए । उनका अनुसार डार्बिनको सिद्धान्त जसरी नै सबै परिवारमा प्रत्येक बालबालिकाले अभिावकको ध्यान केन्द्रित गराउन ठूलो प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

उदाहरणका लागि जेठो सन्तानले भाइ या बहिनीको आगमनपछि तिनको पनि ख्याल राख्ने जिम्मेवारी लिनुपर्ने हुन्छ भने यसैकारण उनीहरुले फरक तरिकाले व्यवहार गर्नुपर्ने र नयाँ बानीहरु विकसित गर्नुपर्ने हुन्छ । त्यसो गर्नुले बालबालिकाबीच प्रतिस्पर्धा धेरै घटाइदिन्छ भने पारिवारिक सहकारितालाई बढावा दिन्छ ।
यसले सबैको अस्तित्व कायम रहने सम्भावना वृद्धि गराउँछ ।

यसरी समयसँगै यो विषयमा गरिएका अनुसन्धानबारे विभिन्न धारणा व्यक्त गरिएको छ । जसमा कतिले एल्डरको थेउरीको समर्थन गरेका छन् भने कोहीले चाहिँ उनका खोजलाई बेवास्ता गरेका छन् ।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…