चीनको चक्रव्यूहमा फँस्यो भारत, गलवानको संघर्ष चक्रव्यूहबाट निश्कने प्रयास

नयाँ दिल्ली (बीबीसी)। पन्ध्र–१६ जूनको राती भारत र चीनको सीमामा भएको हिं’स्रक झ’डपले भारत र चीनलाई टकरावको मुखमा ल्याइदिएको छ। एलसीको दुबैतर्फ एशियाका यी दुई शक्तिशाली देशहरुका सेना उभिएका छन्। पछाडि फर्किनका लागि वार्ता भइरहेको छ। तर, हालत अहिलेसम्म सामान्य भएको छैन।

चीन र भारतका बीचको यो तनावका कैयौं रुपमा व्याख्या गरिसिकिएको छ। केही विश्लेषक यसको जरा संसारभर लगानी गर्ने चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभसम्म जोडिएको बताउँछन्।

यस योजनाअनुसार चीन एशिया र यूरोपमा सडक र बन्दरगाहाको जालो बनाउन चाहन्छ। जसले चीनको उत्पादन संसारभरको बजारमा पठाउन सकियोस।

संसारका धेरै देश यो परियोजनासँग जोडिएका छन्। तर, भारत शुरुदेखि नै यसको विरोधमा छ। चीनले भारतलाई यसमा जोड्ने कुटनीतिक प्रयास गरेको थियो। तर सफल हुन सकेको छैन।

अमेरिकाको डेलभेयर यूनिभर्सिटीका प्रोफेसर मुक्तदर खान भारत र चीनबीचको पछिल्लो विवादको एक कारण यो परियोजना पनि रहेको मान्छन्।

उनी भन्छन्, ‘यो सम्भव छ की भारत र चीनबीच जो गलवान उपत्याकामा तनाव भइरहेको छ। यसका पछाडि बीआरआई हुन सकिन्छ, भन्न सकिन्छ।’ उनले भने, ‘भारतले लद्दाखमा चीनलाई उस्काएको छ। भारतले जुन रोड बनाइरहेको छ। त्यो सिधै लाइन अफ एक्चुअल कन्ट्रोलमा चीनको सीमासम्म जोडिन्छ।

भारतको यो रणनिितक सडक चीनको विस्तारवादी एजेण्डालाई चुनौती हो। चीन यसलाई भारतले बीआरआईलाई चुनौती दिन बनाएको सम्झिन्छ।’

उता दिल्लीस्थित जेएनयूका प्रोफेसर तथा चीन मामिलाका जानकार स्वर्ण सिहं चीन कुनै पनि मुल्यमा आफ्नो लगानी सुरक्षित राख्न लागिपरेको मान्छन्। तर, भारत चीनको बीआरआईको चुनौतीका रुपमा उपस्थित भएको छ।

उनी भन्छन्, ‘चीनमा पछिल्ला ४० वर्षहरुमा जुन आर्थिक विकास भएको छ, त्यसको कारण उसको अन्तर्राष्ट्रिय व्यापार नै हो। अब चीन संसारको सबैभन्दा ठूलो व्यापारी हुन खोजिरहेको छ। साथै लगानीकर्ता पनि बन्न चाहेको छ। यसैले चीनले ठूलो विचार गरेर बीआरआईको शुरुआत गरेको हो।’

प्रोफेसर मुक्तदर खान भन्छन्, ‘डोकलाममा पनि भारत र चीनबीच २०१७ मा यस्तै सीमा वि’वाद भएको थियो।’ चीनले बीआरआई अन्तरगत आफ्नो एक राजमार्ग भुटान हुँदै बनाइरहेको थियो। तर, भारतले भुटानसँगको राम्रो सम्बन्धको फाइदा उठाउँदै सडक निर्माणलाई रोकेको थियो।’

चीनको चक्रव्यूहमा फँस्दै भारत

प्रोफेसर खान भन्छन्, ‘बीआरआई जस्तो महापरियोजना शुरु गर्नु चीनको वाध्यता हो किनकी उसलाई आर्थिक विकास दर बढाउनु छ। तर यदि तपाई दक्षिण एशियामा हेर्नु हुन्छ भने बीआरआई अन्तरगत बनिरहेका राजमार्ग र बन्दरगाह एक किसिमले भारतलाई घेरिरहेका छन्।

चीनले श्रीलंकाको बन्दरगाहा हम्बनटोटा बनयो, जसको हक अहिले चनिसँग छ। बीआर भुटान र बंगलादेशमा पनि अगाडि बढेको छ। सीपेकका माध्यमबाट पाकिस्तानमा पनि चीनले ठूला निर्माण गरिरहेको छ। एक किसिमले हेर्ने हो भने बीआरआई साम्राज्यले भारतलाई घेरेको छ।’

उनी भन्छन्, ‘भारतका रणनीतिकार अवश्य यस तनावलाई पाठका रुपमा हेर्छन् होला। तर, म दावीसाथ भन्न सक्दैन की भारतका रणनीतिकार चीनलाई यस दृष्किोणबाट हेर्छन् होला की विस्तारै चीनले भारतलाई आर्थिक रुपमा घेरिरहेको छ। यदि भारतका रणनीतिकारहरुमा यो बुझाई छ भने गलवानको संघर्ष चीनको चक्रव्यूहबाट भारतको निश्कने प्रयास हो। जुन किमिले महाभारतमा अभिमन्यु चक्रव्यूहमा फँसेका थिए। भारत पनि चीनको यो चक्रव्यूहमा फँसिरहेको देखिन्छ।’

भर्खरै प्रकाशित

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…

ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको ज्या’न गयो

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृ’त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका…

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…