पैसाले खुसी किन्न सकिन्छ : अध्यन

वासिंटन : पछिल्ला दशकमा धेरै पैसा हुनु भनेको धेरै खुसी हुनु भएको तथ्य एउटा नयाँ अध्ययनले देखाएको छ ।

अर्थात्, पैसाले खुसी किन्न सकिने तथ्य उक्त सर्वोक्षणले देखाएको हो । अमेरिकामा गत साता प्रकाशित ‘इमोशन’ जर्नलमा यस्तो तथ्यबारे व्याख्या गरिएको छ । जहाँ दशकौँदेखि मानिसहरुको आम्दानी र खुसीको सम्बन्ध स्थिर रुपमा अघि बढिरहेको सर्वेक्षणले देखायो ।

खासगरी वयष्क उमेरका मानिसहरुको खुसी र आयको सम्बन्ध स्थिर रहेको उक्त जर्नलमा छ । ४४ हजार १ सय ९८ जना अमेरिकी वयष्कहरुमाझ वर्षौँदेखि वृहत सर्वेक्षण गरिएको थियो ।
सर्वेक्षणका लागि १९७२ देखि नै कलेज गएका गोराहरु र जान नपाएका गोराहरुबीच वर्गिकृत गरिएको थियो ।

अफ्रिकन अमेरिकनहरुको सवालमा परिणाम भिन्न भेटिएको बताइन्छ । जहाँ उनीहरुको खुसी र पैसाको सम्बन्ध प्रतिविम्वित भएको थियो । अर्थात्, पैसा र खुसी अन्तरसम्बन्धित भएको पाइएको थियो ।

कलेज जान नपाएका अस्वेतहरुका लागि १९७२ देखि नै खुसीको स्तर स्थिर रहेको पाइएको छ । जब कि, कलेज जान पाउने अस्वेतहरुको खुसी बढ्दै गरेको छ । स्वेत र अस्वेत दुबैका लागि शिक्षाबाट खुसीको अन्तर बढेको पाइएको छ ।

यसरी ‘पैसाले खुसी किन्न सकिँदैन’ भन्ने मान्यतालाई यस अध्ययनको परिणामले चुनौती दिएको छ । आय राम्रो हुनेहरु खुसी हुने र आय कम हुनेहरुमा यसको स्तर तुलनात्मक रुपमा कम हुने साथै आय बढ्न थालेपछि खुसीको स्तर पनि बढ्ने यस अध्ययनको सार थियो ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…