सभामुखलाई नसोधी बिना छलफल बजेट अधिवेशन अन्त्य

काठमाडौं । मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस भए लगत्तै बिहीबार बजेट अधिवेशन अन्त्य भएको छ।

सरकारले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग छलफल नै नगरी चालु अधिवेशन अन्त्य गरेको हो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले बिना छलफल मन्त्रिपरिषद्बाट बजेट अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति समक्ष पठाएको भन्दै आलोचना सुरु भएको छ। राष्ट्रपति भण्डारीले बिहीबार साँझ ५ बजेबाट संसद अधिवेशन अन्त्य गरेको जानकारी संसद सचिवालयलाई गराइसकेकी छन्।

सभामुखको सचिवालय स्रोतका अनुसार सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग कुनै छलफल नै नगरी यो निर्णय गरेर सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

यसअघि बसेको प्रतिनिधिसभा बैठक २२ गते बस्नेगरी स्थगित भएको थियो। अधिवेशन अन्त्यको जानकारी सचिवालयमा पुगे लगत्तै असार २२ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकसमेत स्थगित भएको छ।

‘२०७७ साल असार १७ गते बुधबार बसेको प्रतिनिधि सभाको बैठकबाट मिति २०७७ असार २२ गते सोमबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठकसमेत अन्त्य भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मा.सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सूचनामा भनिएको छ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेसमेत बिना परामर्श सरकारले बजेट अधिवेशन अन्त्य गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…