चीन तिरको कोरला नाकालगायत स्थानमा सशस्त्र प्रहरीको नियमित गस्तीमा तीव्रता

जोमसोम । मुस्ताङको कोरला नाकालगायत स्थानमा सशस्त्र प्रहरीले नियमित गस्तीलाई तीव्रता दिएको छ। सरकारले जेठ १५ गते लोमान्थाङ–१ नेचुङमा सशस्त्र बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेपछि नियमित गस्ती सुरु भएको हो।

त्यहाँ सीमा सुरक्षार्थ खटिएका २५ जना जवानले सीमा क्षेत्र गस्तीलाई अघि बढाएका हुन्। चिनियाँ सुरक्षा अधिकारीसँगको समन्वयमा हतियार र पोसाकसहित गस्ती गर्न थालिएको नेचुङस्थित बीओपीका कमान्डर सशस्त्र प्रहरी निरीक्षक डम्बरबहादुर श्रेष्ठले बताए। उनका अनुसार बीओपी स्थापनाको एक महिना पुग्न लाग्दा पाँचवटा सीमास्तम्भ अनुगमन गरिएको छ।

डोल्पातर्फको क्षेत्रमा सिमाना जोडिएको २०, २१, २२, २३ र मुस्ताङतर्फको २४ नम्बर पिलर गरी ५ वटा जंगे पिलरको अनुगमन भइसकेको श्रेष्ठले बताए। उनले डोल्पातर्फ बाँकी १८ र १९ र मनाङतर्फका २५, २६, २७, २८, २९, ३०, ३१, ३२ र ३३ नम्बर पिलरको अनुगमन तथा निरीक्षण गर्ने योजना रहेको सुनाए।

उक्त नाका समुद्री सतहबाट ५ हजार मिटर अग्लो उचाइमा छ। सुरक्षाकर्मीको उपस्थितिले अवैध गतिविधि तथा तस्करी रोकथाममा टेवा पुगेको जनाइएको छ। चीनको कोरलापाससँग सीमा जोडिएको डोल्पातर्फ ६ र मनाङतर्फ ९ वटा पिलर छन्। २४ नम्बर पिलरलाई भने नेपाल–चीनको मुख्य आधारबिन्दु मानिएको छ। यी १६ वटै पिलर मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकासँग जोडिएका छन्। चीन पक्षसँग समन्वय गर्दै सबै पिलरको गस्ती गरिने श्रेष्ठले बताए।

उनका अनुसार सुक्खा पठार क्षेत्र, कठिन र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण कोरला क्षेत्रमा पैदलै गस्ती गर्नुपर्ने बाध्यता छ। यसअघि कोरला नाकामा पर्ने १६ वटै पिलरको सरकारी तवरबाट अनुगमन तथा निरीक्षण गर्ने योजना रहे पनि कोरोनाका कारण स्थगन भएको थियो।

उत्तरी सीमा रक्षाका लागि सरकारले नेचुङस्थित भन्सार कार्यालयको नवनिर्मित भवनमा सशस्त्र क्याम्प खडा गरेको छ। त्यहाँ इलाका प्रहरी कार्यालयको टोलीसमेत बसेको छ।

नेचुङमा सशस्त्रको क्याम्प स्थापना गर्न त्यसनजिकै थुम्कोमा ३३ रोपनी जग्गा प्राप्त भइसकेको छ।लोमान्थाङ—१ को उत्तरी कोरला नाकाको दसगजायता भन्सार, अध्यागमन तथा सुरक्षा पूर्वाधार निर्माण गर्न मुख्य सडकको दायाँबायाँ १ हजार रोपनी जग्गा भन्सारका नाममा लालपुर्जा प्राप्त भइसकेको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले बताए। नेचुङमा रहेको सशस्त्र प्रहरीको बीओपी क्याम्पयता २० किलोमिटर फेरो लुङ्खु फाँटमा नेपाली सेनाको टोली बसेको छ। त्यहाँ सशस्त्रको ‘ब्याकअप’मा नेपाली सेनालाई खटाइएको हो।

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…