सीमामा तैनाथ रहेका चीन र भारतीय सैनिकहरुविच भयो यस्तो सम्झौता, दुवै पक्ष पछि सर्ने संकेत

सीमामा तैनाथ रहेका सैनिकहरुलाई पछि हटाउन चीन र भारत दुवै मुलुक सहमत भएका छन्। चिनियाँ पत्रिका ग्लोबल टाइम्सले चिनियाँ सैनिक स्रोतलाई उदृत गर्दै सीमाको तनाव कम गर्नका लागि दुई देशबीच यस्तो सहमति भएको जनाएको छ।

चिनियाँ र भारतीय सीमामा खटिएका सेनाका कमाण्डर तहमा तेस्रो चरणको वार्ता भएको थियो। वार्तामा दुवै पक्ष खुला रुपमा प्रस्तुत भएको र गहन छलफल भएको पत्रिकाले जनाएको छ। छलफलमा अहिलेको सीमाको अवस्थालाई प्रभावकारी रुपमा कसरी सुल्ट्याउने भन्ने विषयमा कुराकानी भएको थियो। समस्याको स्थायी समाधान र द्वीपक्षीय समझदारीलाई बढावा दिनेगरी काम अगाडि बढाउनुपर्नेमा दुवै पक्ष सहमत भएको हो।

दुवै पक्षले सीमामा तैनाथ भएका सैनिकहरुलाई पछि सार्ने र त्यसपछि अवस्थालाई सहजीकरण गर्नका लागि आवश्यक कदम चाल्ने जनाएका छन्। सैनिक स्रोतका अनुसार सबैभन्दा महत्वपूर्ण विषय चाहिँ वार्तामा बसेका दुवै पक्षमा समस्या सुल्झाउने विषयमा एक छन्।

बेइजिङमा रहेको सिङहुवा विश्वविद्यालयको नेसनल स्ट्राटिजी इन्स्टिच्युटका निर्देशक क्वेन फेङलाई उदृत गर्दै ग्लोबल टाइम्सले सीमामा दुई पक्षबीचको रक्तपातपूर्ण भिडन्तपछि पुन: सकारात्मक संकेतहरु मिलेको जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्त झाओ लिजियानले नियमित प्रेस ब्रिफिङमा चीन र भारतबीच सीमामा खटिएका सैनिक र सीमाको अवस्थाको विषयमा भइरहेको वार्ता सकारत्मक दिशामा अगाडि बढेको जनाएका छन्।

चिनियाँ र भारतीय सेनाबीच भएको दोस्रो चरणको वार्ता असफल भएपछि भारतले सीमा क्षेत्रमा सैनिक संख्या बढाएको थियो। गलवान उपत्यकाको विषयमा भारतीय र चिनियाँ सैनिकबीच मु’ठभेड हुँदा २० भारतीय सैनिकको मृ’त्यु भएको थियो भने २ चिनियाँ सैनिकको पनि ज्यान गएको थियो।

दुई मुलुकबीचको त’नाव कम गर्नका लागि भएको सैनिक अधिकारीबीचको वार्तालाई चीनले सकारात्मक भएको बताउँदै भारतलाई त्यसको पालनाका लागि आग्रह गरेको छ।

भारत र चीन दुवैले सीमा क्षेत्रमा सैनिक स्रोत साधन यति धेरै संख्यामा पुर्‍याएका छन् कि दुवै मुलुकले सहमति गरेर तिनलाई फिर्ता गराउन पनि समय लाग्ने छ।

समुन्द्री सतहभन्दा झन्डै ५ हजार मिटर उचाईमा सीमा विवाद देखिएको हो। अबको एक दुई महिनापछि नै चिसोका कारण उक्त क्षेत्रमा मानिस बस्नसमेत सक्ने अवस्था रहन्न। मानव बस्ती नरहेको यस विवादित क्षेत्रमा चीन र भारत दुवैले आफ्नो दावी गर्दै आएका छन्।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…