कतारबाट स्वदेश फर्कंदै हुनुहुन्छ ? एहतेराज एप नचलाएका व्यक्तिले यात्रा गर्न नपाउने

काठमाण्डौ – तपाईँ कतारमा विभिन्न समस्यामा परेर स्वदेश फर्कने तयारीमा हुनुहुन्छ र दूतावासले तपाईंको नाम प्राथमिकतामा राखेको छ ? छ भने स्वदेश फर्कनका लागि विभिन्न कुरामा ध्यान दिन दूतावासले अनुरोध गरेको छ ।

दूतावासले स्वदेश फर्कने नेपालीको सूची कतारको गृह मन्त्रालयमा पठाएको र गृह मन्त्रालयले स्वीकृत नगरेका व्यक्तिहरु पछि मात्र यात्रा गर्न पाउने छ ।

यस्तै दूतावासले कतारबाट स्वदेश फर्कने नेपालीलाई Ehteraz प्रयोग गर्न अनुरोध गरेको छ । यो एप नचलाएका व्यक्तिले यात्रा गर्न नपाउने भएकाले अनिवार्य रुपमा यो एप चलाउन दूतावासले अनुरोध गरेको छ । यो एप मोबाइलमा डाउनलोड गरी कतारी आइडी नम्बर लगायतका विवरण राखी प्रयोग गर्न सकिन्छ ।

यस्तै रोजगारदाताले इस्केप रिपोर्ट दर्ता गएका व्यक्तिको हकमा भने एअरलाइन्सबाट यात्रा गर्ने दिनसहितको टिकट लिएर सर्च एण्ड फलोअफ डिपार्टमेण्टमा आफैं गएर हवाई टिकटमा डिपार्टमेन्टको छाप लगाउन र अनिवार्य रुपमा स्वीकृति लिएर मात्र उडान गर्न सकिने भएकाले दूतावासले यो प्रक्रिया गर्न पनि आग्रह गरेको छ ।

कतारबाट नेपालीको स्वदेश फिर्तीका लागि जुलाई २,४, ७ र ९ तारिखमा उडान भर्ने तालिका रहेको र हिमालय एअरलाइन्सले ४ र ७ जुलाईमा उडान गर्ने तालिका रहेको दूतावासले जनाएको छ ।

दुई सय ९९ नेपाली स्वदेश फर्किए

कोरोनाभाइरसको महामारीका कारण कतारमा समस्यामा परेका दुई सय ९९ जना नेपाली आज नेपाल फर्किएका छन् ।

हिमालयन एयरलाइन्स उडान नम्बर एच ९५६३२ मार्फत दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय ५४ जना स्वदेश फर्किएका हुन् । सो उडानमा ६ जना महिला र १४८ जना पुरुष सवार थिए ।

त्यस्तै नेपाल एयरलाइन्सको आरए २३९२ उडान मार्फत १४५ जना नेपाल फर्किएका छन् । सो उडान बाट २ जना महिला,१४३ पुरुष र एक जनाको शव पनि लगिएको छ ।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी,लगायत जागिर गुमेका पीडितहरु छन् । उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्। कतार बाट भएको यो सातौं उडान हो । दूतावासको अनुसार अर्को उडान भोलि २ तारिकलाई तय गरिएको छ ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…