आज खाडी र मलेसियाबाट मात्रै ९ उडानमार्फत १३ सय ४२ नेपाली स्वदेश आइपुगे

काठमाण्डौ । आज खाडी र मलेसियाबाट ९ उडानमार्फत १३ सय ४२ जना नेपाली स्वदेश आइपुगेका छन् । साउदी र कतारबाट गरी १२ नेपालीको शव पनि ल्याइएको छ । कोरोनाको कारण त्यहाँ समस्यामा परेका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् ।

त्रिभुवन विमानस्थलका अनुसार नेपाल एअरलाइन्सको जहाजमार्फत २९७ जना कतारबाट फर्किएका छन् भने त्यहाँ ज्यान गुमाएका एक नेपालीको शव पनि आज स्वदेश ल्याइएको छ

साउदीको रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५७ जना नेपाली काठमाण्डौ आएका छन् भने जहाजले ११ जना नेपालीको शव पनि ल्याएको छ ।

आज नेपाली ल्याउनका लागि यूएईबाट तीन उडान भएका छन् । हिमालय एअरलाइन्सले आबुधाबीबाट १५२ जना ल्याएको छ भने फ्लाई दुबईको जहाजमार्फत १५८ जना स्वदेश फर्किएका छन् । यस्तै दुबईबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजबाट १४६ जना फर्किएका छन् ।

मलेसियाको क्लालाम्पुरबाट मलेसियन एअरलान्सबाट १३ जना फर्किएका छन् । यो जहाजले नेपालबाट फर्कँदा २८ जना लिएर गएको छ ।

यस्तै आज कुवेतमा आममाफीमा सहभागी नेपालीहरु जजिरा एअरको दुई उडानमार्फत स्वदेश फर्किएका छन् । आममाफीमा सहभागी ३१९ जना आज स्वदेश फर्किएका विमानस्थलले जनाएको छ । आज नेपाली लिन नेपाल एअरलाइन्सका चार्टर्ड जहाज साउदीको जेद्दा र कुवेत जाँदैछन् । आज विमानस्थलमा नेपाली ल्याउन र लैजान गरी जम्म ११ वटा उडान भएको छ ।

भोलि खाडीका देश माल्दिभ्स र मलेसियाबाट ६ उडानमार्फत नेपाली फर्कने तालिका रहेको छ ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…