नारायणकाजीको खुलासा : केपी ओलीले नक्सा छाप्न मानेका थिएनन, अहिले त्यसैलाई बेच्न खोजे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा छाप्न नमानेको खुलासा गरेका छन् । पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै श्रेष्ठले विभिन्न समयमा बसेका बैठकमा ओलीले नक्सा छाप्न नहुने तर्क गरेको खुलासा गरेका हुन् ।

नक्साका विषयमा बैठकलाई जानकारी दिँदै श्रेष्ठले भने, ‘पहिले अध्यक्ष ओलीले नक्सा प्रकाशन गर्नका लागि पार्टीको स्थायी कमिटी र सचिवालय बैठकमा मान्नु भएन । नीति तथा कार्यक्रममा पनि उहाँले राख्न मान्नु भएन । त्यहीँ दिन हामीले चर्को दबाब दिएपछि मात्र नक्सालाई नीति तथा कार्यक्रममा राख्न तपाईँले त्यहीँबाट मुख्यसचिवलाई फोन गर्नु भएको हैन ? यस्तो झुटो कुरा गर्ने ?’

प्रधानमन्त्रीको मदन जयन्तीका दिन दिएको अभिव्यक्तिमा पनि उनले आपत्ति प्रकट गरे । उनले भने, ‘नक्सा छापेपछि भारतले हटाउन खोज्यो भन्ने ? तपाईँको राजीनामा वैशाख १७ कै बैठकमा उठेको थियो । त्यो बेला के तपाईँ नक्सा छाप्न तयार हुनुहुन्थ्यो ? नक्सा छाप्न पनि तपाईँ नमान्ने अनि आफ्नो अनुकुल भएन भनेर अन्य नेतालाई जे पनि भन्ने ? यो जिम्मेवारी भएन ।’

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिमा पनि असहमति जनाए । उनले भने, ‘भारतले तपाईँलाई हटाउन खोजेको हो भने भारतीय राजदूतलाई प्रष्टिकरण किन सोध्नु भएन ? तथ्य हो भने देशबाट निष्कासन पनि गर्नुपर्छ । तपाईँले त्यो काम किन गर्नु भएन ? आफ्नो स्वार्थलाई केन्द्रमा राखेर कुटनीतिक र परराष्ट्र मामिलामा प्रधानमन्त्रीको अभिव्यक्ति घोर आपत्ति जनक छ । यसले राष्ट्र र पार्टीलाई नोक्सान पुरायो ।’

सैद्धान्तिक र व्यवहारिक रुपमै ओलीमा समस्या देखिएको बताउँदै श्रेष्ठले वैचारिक स्पिरिटबाट चिप्लिएर भ्रष्टिकरणतर्फ गएको टिप्पणी गरे । उनले भने, ‘वैचारिक स्पिरिटबाट नेतृत्व भ्रष्टिकरणतर्फ गएको छ । त्यस्तो अवस्थामा विधि, पद्दती, आत्मालोचना हुँदैन । नेतृत्वले ब्रमज्ञानी प्रवृत्तिमा पुग्यो । त्इस्तो अवस्थामा सत्रु र दासमात्र भेट्ने समस्या हुन्छ । उहाँले कामरेड भेट्नु हुन्न ।’

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…