धन ल्याउछु भन्दै उडेका नेपालीहरु यसरी फर्किए शव बनेर काठको बाकसमा

दोहा : आफ्ना इच्छा, चाहना वा आवश्यकता परिपूर्तिका लागि आफ्नो देश छाडेर रोजगारिका लागि अन्य मुलुक जानुलाई नै वैदेशिक रोजगारिका रुपमा लिइन्छ ।

नेपालमा औद्योगिक क्रियाकलाप अत्यन्तै कमजोर भएको र कृषिमा पनि समसामयिक आधुनिकीकरण गर्न नसक्नाले आयमा कमी हुँदा जीवन निर्वाह गर्न पनि कठिन परिरहेको छ ।

जसले गर्दा अहिले लाखौ नेपाली युवा वैदेशिक रोजगारमा जान बाध्य भइरहेका छन् र रोजगारी गएका युवाहरु मध्ये दैनिक एक जना त काठको बाकसमा फर्किने गरेका छन् ।

लोक गायक प्रकाश सपूतलेले भने जस्तै धन ल्याउछु भन्दै गएका थियौ,उडेर आकाशमा। कस्तो भइ गयौ,कस्तो भइ आयौ,काठको बाकसमा। यो गीतलाई चरिथार्थ गर्दै सुन्दर सपनाहरु मनमा राखेर खाडी लगायत बिभिन्न देश पसेका नव जवान युवाहरु यसरी दैनिक काठको बाकसमा फर्किनु पर्दा कस्को मन नरोला र ?

यस्तै, कोरोना र अन्य विभिन्न कारणले खाडी लगायत मलेसियामा मृ’त्यु भएर रोकिएका ८७ वटा नेपाली कामदारको शव नेपाली पठाईएको खाडीस्थित नेपाली दूतावासहरुले जनाएका छन् । विदेशबाट नेपालीहरुको स्वदेश फिर्ती सँगै त्यहाँ रोकिएका शव पनि नेपाल पठाईएको हो ।

नेपालमा लकडाउन भएपछि कोरोना लगायत अन्य विभिन्न कारणले ४० जनाको मृ’त्यु भएको र हालसम्म २० जनाको श’व नेपाल पठाईसकिएको छ भने ९ वटा शव कतारमै दाहसंस्कार गर्न परिवारबाट सहमति प्राप्त भएको र ३ जनाको दाहसंस्कार सम्पन्न भईसकेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारमा अझै ११ जनाको श’व रहेको छ ।

हालसम्म साउदीबाट २० वटा श’व, मलेसियाबाट ३१ वटा श’व, कुवेतबाट ७ जना श’व नेपाली पुगिसकेको छ भने यूएईबाट ५ नेपालीको श’व नेपाल पठाईसकिएको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ ।

यस्ता, बहराइनबाट ३ वटा श’व, ओमानबाट १ वटा श’व पनि नेपाल पुगिसकेको छन् । अझै बाँकी कतारमा ११ जनाको शव’, साउदीमा ५९ शव र मलेसियामा २३ शव बाँकी रहेको त्यहिँ स्थित दूतावासहरुले जनाएका छन् । यस्तै यूएईमा १४ जनाको शव, कुवेतमा ५ जनाको शव र बहराइनमा १ जना श’व नेपाल पठाउन बाँकी रहेको छ ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…