प्रधानमन्त्रीबाट केपी ओलीको राजीनामा दिल्लीले होइन मैले मागेको हुँ : प्रचण्ड

काठमाडौँ । तीन दिनअघि आफ्नो सरकार ढाल्न भारतीय राज्य संयन्त्रसहित आफ्नै पार्टीका नेताहरुले लागेको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी बैठकमै राजीनामा माग भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा दिल्लीले नभई आफूले मागेको भन्दै राजीनामाको माग गरेका थिए । उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आधार के हो भन्ने पनि प्रश्न गरेका थिए ।

बैठकमा बोल्दै बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीले राजीनामा माग गरेका छन् । शुक्रबार र शनिबार सीमा समस्यालगायतका विषयमा केन्द्रीत भएको बैठक आइतबार प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढलाउन भारत र भारतीय दुतावासले बैठकहरु गरेको भन्ने अभिव्यक्ति दिएपछि राजीनामातिर मोडिएको हो । बैठकका लागि तोकिएको एजेन्डामा प्रवेश नगरी बैठक राजनीमामा केन्द्रीत भएको हो ।

बैठकको सुरुमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमले सरकारले काम गर्न नसकेको त्यसले पार्टीलाई गम्भीर धक्का लागेको भन्दै प्रधानमन्त्री ओलीले राजीनामा दिएर निकास दिन माग गरेको एक नेताले बताए ।

भारतीय राज्यसंयन्त्र वा दुतावासले सरकार ढाल्न खोज्यो भनेर बोल्नुकै कुनै अर्थ नभएको भन्दै नेताहरुले पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीले नै चाँहदा हटाउन सक्ने बताएका थिए ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…