चिनियाँ बस्तुमाथि प्रतिबन्ध, आफ्नै खुट्टामा बन्चरो, सिमानामा नसकेपछि मोबाइल एपमा लाग्यो भारत

नयाँदिल्ली । भारत सरकारले देशमा बढ्दो उग्रराष्ट्रबादीहरुको अहंकार शान्त गर्न चिनियाँ लगानीमा संचालित टिकटकसहित लगभग ६० वटा मोबाइल एपलाई प्रतिबन्ध लगाएको छ । भारतीय सेनाले गल्वान भ्यालीमा बेहोर्नुपरेको लज्जास्पद हारपछि भारतमा चीनविरोधी भावना चर्को रुपले बढ्दै गइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय भूमिमा चीनी सैनिक प्रवेश नगरेको र भारतीय भूभाग नामिचिएको भन्ने अभिव्यक्ति दिएपछि देशभित्रै उनको चर्को आलोचना भइरहेको छ। यही आलोचनाबाट पार पाउन र राष्ट्रवादी छवी कायमै राख्न मोदी सरकारलाइ चीनविरुद्ध कडा कदम उठाउन आवस्यक थियो। चीनविरुद्ध नक्कली ‘सर्जिकल स्ट्राइक’ गर्ने आँट मोदीमा नभएपछि उनले टिकटकमाथि प्रतिबन्ध लगाएर आलोचनाबाट बच्ने प्रयास गरिरहेका छन्।

टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्याँक चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप अस्वीकार गरेको छ ।

भारतका टिकटक प्रमुख निखिल गान्धीले एक विज्ञप्ति प्रकाशन गरी टिकटकले भारतीय कानुन बमोजिम प्रयोगकर्ताका सबै तथ्याँक विवरणलाई सुरक्षित राखेको बताउनुभएको छ । उहाँले टिकटकका प्रयोगकर्ताका कुनै पनि विवरणलाई चीन सरकार समेतका कुनै विदेशी सरकारलाई नदिइएको स्पष्ट गर्नुभयो ।

श्री गान्धीले भविष्यमा समेत कुनै सरकारले प्रयोगकर्ताका विवरणका लागि अनुरोध भएमा पनि नदिइने बताउँदै टिकटकले प्रयोगकर्ताको गोपनीयतालाई सर्वाधिक महत्व दिइरहेको स्पष्ट गर्नुभयो । उहाँले भारत सरकारले आफूलाई गोप्यताका विषयमा छलफल गर्न आमन्त्रण गरेको पनि जानकारी दिनुभयो ।

टिकटक चीनको बाइट–डान्स कम्पनीले निर्माण गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको भारत सरकारले सोमबार अबेर ५९ वटा चिनियाँ मोबाइल एप्समाथि एकैसाथ प्रतिबन्ध लगाएको थियो जसमा टिकटक पनि समावेश छ ।

एक अनुमान अनुसार भारतमा टिकटकका करिब एक करोड २० लाख प्रयोगकर्ता छन् । टिकटकका चीन बाहेक सबैभन्दा बढी ग्राहक भारतमा रहेका छन् ।

भारतीय सूचना प्रविधि मन्त्रालयले चिनियाँ एप्सका कारण भारतको सार्वभौमिकता र अखण्डता, भारतको सुरक्षा, राज्यहरुको सुरक्षा एवं सार्वजनिक जीवनमा चुनौती उत्पन्न भएको जनाएको छ ।

चीन र भारतीय फौ’जबीच लद्दाखमा गत जुन १५ मा भएको झ’डपमा २० जना भारतीय सैनिकको मृ’त्यु भएपछि दुबै देशबीच तनाबको स्थिति छ । यस क्षेत्रमा अहिले अतिरिक्त सु’रक्षाफौज, लडाकू बिमान र अन्य उपकरण तै’नाथ गर्नेक्रम जारी छ ।

यसैबीच, भारतमा चिनियाँ सामानको बिक्री तथा चीनबाट सामान आयातमा समस्या उत्पन्न हुन थालेको छ । गत साता, नयाँदिल्लीको एउटा प्रमुख होटल संघले आफ्ना सदस्य होटलहरुले चिनियाँ पर्यटकलाई आश्रय नदिने तथा चीन निर्मित सामान पनि प्रयोग नगर्ने घोषणा गरेको थियो ।

भारतमा चिनियाँ इलेक्ट्रोनिक्स वस्तुका उत्पादनहरुको पनि बाक्लो उपस्थिति रहेको छ । चिनियाँ मोबाइलहरु साओमी र ओप्पोले भारतको झण्डै ६५ प्रतिशत हिस्सा ओगटेको अनुमान छ ।

यता चिनियाँ मिडिया भने भारतले चीनी बस्तुमाथि प्रतिबन्ध लगाउने कदमलाई भारतले आफ्नै खुट्टामा बन्चरो प्र’हार गरेको संघा दिएका छन्। चीन भारतको प्रमुख व्यापार साझेदार राष्ट्र हो। चीनी बस्तुमाथि प्रतिबन्ध लगाउँदा चीनलाइ भन्दा भारतलाई घाटा हुने उनीहरुको टिप्पणी छ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…