बैङ्कको किस्ता तिर्न नसकेर ‘फोन स्विचअफ’ गर्न बाध्य भएका छौं : यातायात व्यवसायी

काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताउनु भएको छ ।

कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज तिर्न नसकेको र यातायात मजदुरहरू भोकै पर्ने अवस्था भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव सरोज सिटौला भन्नुहुन्छ, व्यवसायी मोबाइल अफ गरेर बस्नुपरेको छ, गाडी कुहिन थालिसके, सरकारले कुनै राहतको व्यवस्था गरेको छैन, बैङ्कको किस्ता तिर्न सक्ने अवस्था छैन, बैङ्कको किस्ता पछि सारिदेउ भन्दा पनि भएको छैन, तिर्दैन त भनेका छैनौँ नि पछि तिर्छौं भन्दा पनि भएको छैन ।

उहाँका अनुसार बन्दाबन्दीले सबैभन्दा प्रभावित भएको सार्वजनिक यातायात क्षेत्र हो । तीन लाख ५० हजार यात्रुवाहक सवारी थन्किएका छन् । कहिलेदेखि गाडी सञ्चालन हुन्छ भन्ने कुरो सरकारले टुङ्गो नलगाउँदा व्यवसायीमा झन् निराश बढेको छ ।

बन्दाबन्दी विस्तारै खुकुलो बनाउँदै जाने सरकारको नीति अनुसार सार्वजनिक सवारी साधन पनि विस्तारै सुचारु गर्नुपर्छ भनेर यातायात व्यवस्था विभागले नयाँ निर्देशिका जेठ २५ गते तयार गरेको थियो । नयाँ निर्देशिकामा कोरोनाबाट सुरक्षित रहेर सवारी सञ्चालन गर्नुपर्ने प्रावधान छन् । सुरक्षित रहन प्राविधिक मापदण्ड तोकिएको छ ।

सार्वजनिक सवारी सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, सबै सिटमा यात्रु राख्न नपाइने, मास्क, पञ्जा तथा सेनिटाइजरको प्रयोग अनिवार्य गरिने छ । साथै यात्रुको ज्वरो नाप्नेसम्मका प्रावधान छन् ।

तर व्यवसायीले आधा यात्रु मात्र लिएर हिँड्दा दैनिक खर्च पनि नउठ्ने भएकाले सरकारले केही सहुलियत दिनुपर्ने माग गरेका छन् । सोही माग अनुसार विभाग र व्यवसायीबीच पटकपटक छलफल भए पनि सहमति हुनसकेको छैन ।, याे खबर गाेरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

भर्खरै प्रकाशित

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…