भारत र चीनबीचको तनावका बाबजुत भारतलाई हतियार दिन रुस तयार, के छ चीनको प्रतिक्रिया ?

भारत : भारत र चीनबीच तनाव बढेपछि भारतको रक्षाका लागि सहयोग गर्न रुस तयार भएको छ। ‘द हिन्दु’ अंग्रेजी पत्रिकाका अनुसार हालै भारतीय रक्षामन्त्री राजनाथ सिंहको रुस भ्रमणका क्रममा उक्त सम्झौता भएको हो।

सम्झौतामा एके–२०३ एसल्ट राइफल र का–२२६ टी लाइट युटिलिटी हेलिकप्टर पनि सहयोग गर्ने सहमति भएको छ। रिपोर्टअनुसार भारतले रक्षा सम्झौतालाई ढिलाई नगर्न अनुरोध गरेको छ भने रुसले पनि आगामी केही महिनाभित्रै काम सम्पन्न गरिसक्नेमा भारतलाई विश्वस्त तुल्याएको छ।

भ्रमणका क्रममा रक्षामन्त्री सिंहले रुसका उपप्रधानमन्त्री युर्य बोरिससँग भेटवार्ता गरेका थिए। भारत र चीनका सेनाबीच लद्दाखमा भिडन्त भएपछि हतियारका लागि भारतले रुससँग सम्झौता गरेको हो। अहिले भारत र चीन दुवै देशका सीमामा सेना र सुरक्षाका विभिन्न उपकरण तयारी अवस्थामा राखिएका छन्।

सम्झौताअनुसार एस–४०० कोे वितरण तोकिएको समयमा सन् २०२१ को अन्त्यसम्म सुरु हुनेछ। एक राजनीतिक सूत्रका अनुसार कूटनीतिक रूपले यसलाई अगाडि बढाउन सम्भव छैन। तर भारतीय सूत्रले भने यो सम्झौताबमोजिम समयमै वितरण हुने जनाएका छन्।

अर्का एक सूत्रले जनाएअनुसार एके–२०३ राइफलको सम्झौतामा भने केही प्रगति भएको बताइएको छ। जुन मूल्य नमिलेका कारण पहिले रोकिएको थियो।

यसका साथै भारतलाई सहयोग गर्न चाहने अन्य देशहरूले पनि हतियार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। ‘द इकोनोमिक टाइम्स’मा उल्लेख भएअनुसार फ्रान्सले आगामी महिनासम्म राइफल जेट वितरण गर्ने वाचा गरेको छ।

इजरायलबाट पनि भारतले छिट्टै एयर डिफेन्स सिस्टम पाउने आशा गरेको छ। अमेरिकाले पनि तोपहरू पठाउने भएको छ भने रुसले चाँडै एक अर्ब डलरको हतियार र युद्धका उपकरणहरू पठाउने भएको छ।

उक्त पत्रिकाका अनुसार पहिलो लटमा अत्यधिक उन्नत खालको राइफल लडाकु विमानमार्फत जुलाई २७ तारिखमा भारतमा आइपुग्ने भएको छ।

चीनको प्रतिक्रिया 

भारत खरिद गरेका हतियारकोसहायताले चीनको अगाडी लामो समय सम्म टिक्न नसक्ने चीनको भनाइ छ। केहिदिन पहिले मात्र चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्समा छापिएको समाचारमा भारतीय सैनिकहरु विदेशी हतियारसँग अभ्यस्त नभएको र चिनियाँ घरेलु उत्पादित हतियारसँग अभास्त रहेका जनमुक्त सेनाको अगाडी भारत टिक्नै नसक्ने जिकिर गरेको थियो।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…