कतारमा पाँच जना भन्दा बढी भेला हुन नपाउने

दोहा । कोरोना भाइरस नियन्त्रणका लागि कतारमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने विपत्ति व्यवस्थापन समितिले जनाएको छ । कतारी नागरिक तथा आप्रवासीहरुले सावधानिका उपायहरु नअपनाएकाले संक्रमण बढ्दै गएको भन्दै यस्तो निर्णय गरिएको जनाएको छ ।

प्रतिवन्ध हटाउन जुलाई १ देखि दोश्रो चरण लागू हुने समितिले जनाएको छ भने कतारले चार चरणमा कोरोनाको प्रतिवन्ध हटाउने तयारी गरेको जनाएको छ ।

जुलाई १ देखि ५ जना सम्म भेला हुन दिने,सिमित समयका लागि मलहरु खुल्न दिइने, मार्केट तथा होलसेल मार्केट सिमित समयका लागि खुल्न दिइने, कम मानिस जम्मा हुने केही रेस्टुरेन्टहरु खुल्ने, यस विषयमा उद्योग तथा बाणिज्य मन्त्रालयले सूचना जारी गर्ने, संग्रहालय र लाइब्रेरी सिमित मानिसका लागि सिमित समयका खोलिने, आवश्यक सावधानी अपनाएर कार्य क्षेत्रमा ५० प्रतिशत कामदारले काम गर्न पाउने जनाएको छ ।

नीजि मेडिकलहरु ६० प्रतिशत क्षमताले खुल्न पाउने, १० जना भन्दा कमले खुला क्षेत्रमा तथा जिम सेन्टरमा अभ्यास गर्न पाउने र ५ वटा प्राथनाका लागि मस्जिदहरु खुल्ने समितिले जनाएको छ ।

त्यसै गरि अगस्ट १ देखि तेस्रो चरण लागू हुने छ भने प्राथमिकतामा रहेका आप्रवासी कामदारहरु कतार आउन पाउने र फर्किएहरुले व्यक्तिगत खर्चमा १४ दिनसम्म होटल क्वारेन्टाइनमा बस्नु पर्ने छ ।

कोरोना भाइरसबाट बच्न सबैलाई सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । सबैले अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्नु पर्ने जनाएको छ । कतारले स्थिति सामान्य बन्दै गए चौथो चरण अर्थात् सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

भर्खरै प्रकाशित

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…