चीनले दियो अमेरिकालाई गतिलो संदेश : अहंकारी अमेरिकीहरुलाई हङकङमा भिसा प्रतिबन्ध

बेइजिङ। चीनले हङकङमा अहंकारी व्यवहार गर्ने अमेरिकीहरुलाई भिसा प्रतिबन्ध लगाउने जनाएको छ । हङकङमा राष्ट्रिय सुरक्षा नीति लागु गर्ने तयारी भइरहँदा चीनले यस्तो जनाएको हो ।

चीनले हालै हङकङमा राष्ट्रिय सुरक्षा नीति ल्याएको छ । जसले त्यहाँ विरोध र पृथकतावादी आन्दोलनलाई संकुचित पार्ने अपेक्षा गरिएको छ । जब कि, गत वर्ष ६ महिना लामो प्रजातान्त्रिक आन्दोलन हिं’सा’त्मक रुपमा बदलिएको थियो ।

शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले चिनियाँ अधिकारीहरुमाथि भिसा प्रतिबन्ध लगाउने जनाएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले सोमबार राष्ट्रिय सुरक्षा नीति विफल बनाउन खोज्ने अमेरिकी योजना सफल हुन नसक्ने जनाएका थिए ।

हङकङ मामिलामा गम्भीर व्यवहार गर्ने अमेरिकीहरुमाथि भिसा प्रतिबन्ध लगाउने निर्णय गरिएको झाओले बताए । अमेरिका, बेलायत लगायत देशले समेत चीनले लागु गर्न लागेको नीतिको विरोध जनाएका छन् । यसवाहेक हङकङमा अमेरिकी सक्रियतालाई लिएर चीन र अमेरिकाबीच टकराव हुँदैआएको छ ।

हङकङमा राष्ट्रिय सुरक्षा कानुन उ’ल्लंघन गर्नेलाई आ’जीवन जे’ल सजाय

चीनले हङकङका लागि बनाएको राष्ट्रिय सुरक्षा कानुन उ’ल्लंघन गरे आजीवन जे’ल स’जाय हुने बताइएको छ।

हङकङको सुरक्षा कानुन सम्बन्धी चीनमा तीनदिने बैठक भएपछि स्रोतलाई उदृतगर्दै एससीएमपीले कानुन उल्लंघन गर्नेलाई आ’जीवन जे’ल स’जाय हुने जानकारी दिएको छ।

हङकङ सरकारले यस कानुनले देशद्रोह तथा आ’तंक’वादको घटनालाई निय’न्त्रण गर्ने बताएको छ।

यस कानुनअनुसार चीनको राष्ट्रिय गान र राष्ट्रिय झण्डालाई अपमान गर्ने कार्य गरिए अ’पराध ठहरिनेछ।

यो कानुन चीनको संसदबाट पारित भइसकेको छ। कानुनले वैधानिकता पाउने अवस्थामा हङकङमा यस कानुनले स्वतन्त्रता खोसिने भन्दै आन्दोलन चर्किरहेको छ।

यसबीचमा कानुन उ’ल्लंघन ग’र्नेलाई आ’जीवन कारावासको सजाय हुने समाचार आएको हो। एससीएमपी

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…