आज भर्खर रोपेको धान सलह किरा आएर सखाप

आईतवार साँझ कपिलवस्तुका बिभिन्न पालिकामा देखिएका करौडौ संख्याको झुन्डका सलहले जिल्लाका बिभिन्न पालिका रहेका धान बाली, तरकारी, मकै लगायतका बालीनाली सखाप पारेका छन् ।

शनिवार साँझ सलहका झुन्ड जिल्लाका शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, बुद्ध्भुमी, शिवराज नगरपालिका र बिजयनगर नगरपालिका बिभिन्न स्थानमा बास बसेका थिए । आईतवार बिहानदेखि नै पानी परेकोले बोट बिरुवमामा बसेका सलह दिउँसो फेरी उठ्न थालेका छन् । झुन्ड अर्घाखाँची, दाङ र प्युठान तर्फ लागेका छन् ।

आईतवार साँझदेखि सोमवार दिउँसोसम्म बोट बिरुवामा बसेका सलहले बालीनाली सखाप पारेको कृषि ज्ञान केन्दैले जनाएको छ । ज्ञान केन्द्र अनुसार कपिलवस्तु नगरपालिका– ६ बमैली टोल, ब्द्ध्भुमी नगरपालिका– १० धनकौली, शिवराज नगरपालिका वडा नम्बर ३ र ११ तथा बिजयनगरका केही गाउँहरुमा रहेका बालीनाली सखाप पारेका छन् । ज्ञान केन्द्रका प्रमुख रामचन्द्र आर्याले आईतवार साँझ झुन्डमा रहेको सलह उत्तरी क्षेत्रमा लागेकोले बाली नालीमा त्यति क्षति नभएको दाबी गरे । उनले बास बसेको स्थानमा भने बालीनालीलाई ठूलो क्षति पुर्‍याएको उनले बताए ।

यधपि क्षतिको बिवरण भने अझै आइृ नसकेको उनले बताए । ‘सलहले बाली नालीमा नोक्सान भएका कुरा कृषकहरुले फोन मार्फत जानकारी दिएका छन् तर बिवरणहरु यकीन भएको छैन ’ उनले भने । आईतवार र सोमबोर गरी कपिलवस्तु नगरपालिका– ६ बर्मेली तथा बुद्धुभुमी नगरपालिका– १० धनकौलीमा कृषकहरुले लगाएका तरकारी सखाप पारेको तरकारी जोनका संयोजक मुस्कान केबटले बताए ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेली र बुद्धुभमीको धनकौलीमा गरी कृषकहरुले लगाएका ढेड सय हेक्टर तरकारी खेती नष्ट गरको उनले बताए । बोडी खिरम्ला, काक्रो लागततका तरकारीमा ठूलो क्षति पुगेको केबटले बताए । बुद्धभूमि-४ किलौलीका कृषकको मकै बालीमा समेत सलहले क्षति पुर्‍याएको छ ।

भाँच्ने बेला भएको मकैको घोगासमेत खाएर क्षति गरेको कृषक विष्णुप्रसाद भुसालले बताए । यस्तै शिवराज नगरपालिका वडा नम्बर ३ र ११ मा समेत तरकारी र भर्खर रोपेको धानमा सहलले क्षति पुर्‍याएको कृषक लालु खनालले बताए । उनले आफुले खेतमा लगाएका धान सहलले पुरै सखाप पारेको गुनासो गरे । शिवराज नगरपालिकामा दिउँसो ३ बजेसम्म सलह देखिएको थियो । साभार : नागरिक न्यूजबाट 

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…