गलवान भ्यालीमा भारत-चीनविच भएको झ’डपको मुख्य कारण चिनियाँ सेनाको टेन्टमा आगो लग्नु

नयाँ दिल्ली। गलवान भ्यालीमा भारत र चीनविच भएको झ’डपको मुख्य कारण चिनियाँ सेनाको  टेन्टमा आगो लग्नुको रहेको भारतीय मिडियामा चर्चा हुन थालेको छ।

भारतका केन्द्रीय मन्त्री तथा अवकाशप्राप्त सेना प्रमुख जनरल भीके सिंहले गलवानमा भारत र चीनका सेनाबीच १५ जूनमा भएको हिं’स्रक झ’डपको कारण आगो भएको बताएका हुन् ।

चिनियाँ सेनाको एक पालमा लागेको आगोका कारण झ’डप भएको भए पनि आगो कसरी लाग्यो भन्ने खुल्न नसकेको उनले बताएका छन् ।

पूर्व सेनाप्रमुख सिंहले एबीपी न्यूजलाई दिएको एक अन्तरवार्तामा भने ‘घटना पट्रोलिङ प्वाइन्ट १४ नजिकैको हो । १५ जूनको साँझ हाम्रा सैनिक त्यहाँ चिनियाँ सेना फर्कियो कि फर्किएन भनेर हेर्न गएका थिए ।

यो हाम्रा सैनिकको जिम्मेवारीमा पर्ने इलाका हो । हाम्रा सैनिकले देखे कि चीनका सबै सैनिक फर्केर गएका छैनन् । उनीहरु पट्रोलिङ प्वाइन्टको नजिकै देखिएका थिए ।’

जनरल सिंहले भने ‘त्यहाँ एउटा पाल चिनियाँहरुले हाम्रो अनुमति लिएर लगाएका थिए । यसको माध्यमबाट उनीहरु भारतीय सैनिक पछि हटे कि हटेनन् भन्ने हेर्न चाहन्थे ।

हाम्रा सैनिकले देखे कि चिनियाँहरुले त्यो पाल त्यतिबेलासम्म हटाएका थिएनन् । हाम्रा कमाण्डिङ अफिसरले चिनियाँहरुलाई पाल हटाउन आदेश दिए ।

चिनियाँ सैनिकले पाल हटाउन लाग्दा अचानक त्यसमा आगो लाग्यो । चिनियाँ सैनिकले त्यहाँ के राखेका थिए भन्ने कसैलाई थाहा छैन । पहिलो शंका त यही हुन्छ कि उनीहरुले नै पालमा आगो लगाए । त्यसपछि वा’दविवाद भयो अनि हिं’सा ।’ जनरल भीके सिंहले भने मानवीय क्षेति हाम्रो भन्दा चीन तिर धेरै भएको छ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…