सलह कक्रक्कै हुने अमेरिकी हेभी मेटल म्युजिक ब्यान्डको गीत संकलन गर्दैछौं : मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले संगीतले सलहलाई लठ्याउने जानकारी पाएको उल्लेख गर्दै त्यस्तो गीत तथा संगीत झिकाउन लागिपरेको बताएका छन् । उनले ‘सलह कीरा कक्रक्कै हुने’ अमेरिकी हेभी मेटल म्युजिक ब्यान्डको गीत संकलन भइरहेको जानकारी दिए ।

सिन्धुलीमाढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले स्थानीय तहले सलह नियन्त्रण गर्न सक्ने अवस्था नभएर ठूलो क्षति हुन थाले केन्द्रले बजेट पठाउने बताए ।

‘अहिलेसम्म स्थानीय तहले नै नियन्त्रण गर्न सक्ने खालको छ,’ उनले भने, ‘धेरै फैलिएर नियन्त्रणमा बजेट अपर्याप्त भयो भने पालिकालाई हामी बन्दोबस्त गर्नेछौं ।’

सलह नियन्त्रणका लागि संगीत र गीत धेरै प्रभावकारी हुने चर्चा गर्दै मन्त्री भुसालले भने, ‘मलाई अस्ट्रेलियामा बस्ने भाइले फोनमा सलह कीरा नियन्त्रणका लागि गीत र संगीत प्रभावकारी हुने भनेका छन्, त्यहीअनुसार गीत संकलन गर्न लागिएको छ ।’ सलहले नियन्त्रणका विषयमा मन्त्रालय, प्रदेश र स्थानीय तहहरूले के–के गर्ने भनेर चाँडै निर्देशिका बनाइने पनि उनले बताए ।

मन्त्री भुसालले प्रदेश ५ सरकारले सलह किलोको २० रुपैयाँ र प्रदेशसभा सदस्यले एक सय रुपैयाँ दिन्छु भनेर बढाबढ गर्नु सुखद पक्ष भएको बताए ।

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…