व्यापार ठप्प भएर मर्कामा परेको भन्दै गड्डाचौकी नाका खोल्न भारतीय व्यापारीको माग

डोटी । कञ्चनपुरको गड्डाचौकी सीमा नाका खोल्न भारतीय व्यापारीहरुले माग गरेका छन् । भारतीय सीमावर्ती बजार वनवसाका व्यापारीहरुले आफ्नो व्यापार व्यवसाय ठप्प रहेको भन्दै सीमा नाका खोल्न माग गरेका हुन् ।

प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसा (चम्फावत)ले भारतस्थित नेपाली दूतावासलाई ज्ञापनपत्र पठाउँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेको हो ।

भारतीय सीमा क्षेत्रमा रहेका व्यापारीहरुको कारोबार करिब ९५ प्रतिशत नेपालमा निर्भर रहेको र लामो समयदेखि व्यापार ठप्प हुँदा आफूहरु मर्कामा परेको उनीहरुको भनाइ छ ।

ज्ञापन पत्रमा नेपालको महेन्द्रनगर लगायतका क्षेत्रका व्यापारीबाट वनवसाका व्यापारीबाट मालसामान उधारो लिएको लाखौं रुपैयाँ सीमा सिल भएका कारण असुल हुन नसकेको उल्लेख छ ।

नेपालका व्यापारीहरुबाट उधारो असुली हुन नसक्दा उताका व्यापारीको उधारो तिर्न समस्या भएकोले नाका खुलाउन माग गरिएको प्रान्तीय यव्यापार मण्डल वनवसाका जिल्ला उपाध्यक्ष संजय अग्रवालले बताए ।

उत्तराखण्ड प्रदेशका मुख्यमन्त्रीमार्फत नयाँ दिल्लीस्थित दूतावासमा पठाइएको ज्ञापन पत्रमा उधारो पैसा असुल गर्न र नयाँ कारोबार सञ्चालन गर्न सहज वातावरण सिर्जना गरिनु पर्ने माग गरिएको अग्रवालले वताए ।

ज्ञापन पत्रमा भारतीय सेनाबाट सेवानिवृत्त सैनिकहरुलाई निवृत्त भत्ता बुझ्नका लागि सीमा नाकामा सहजै आउजाउ गर्न दिइएको प्रसंग उल्लेख गर्दै भारतीय व्यापारीहरुलाई पनि सोही व्यवस्था गर्न माग गरिएको छ । कोरोना महामारीका कारण गत मार्च २१ बाट नाका अवरुद्ध भएको ज्ञापनपत्रमा उल्लेख छ ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…