कृषिविद राई भन्छन् : सलह सिद्रा माछाभन्दा पोषिलो हुन्छ, विष हालेर नमार्नू

काठमाडौं । भारतको बिहार र उत्तर प्रदेश हुँदै सलहको बथान नेपाल छिरेपछि यसलाई नियन्त्रण गर्ने उपायबारे अहिले अनेक बहस भइरहेका छन्। कृषि मन्त्रालयले नेपालमा सलह आउँदै नआउने दाबी गरिरहेका बेला शनिबार बारा, सर्लाही, रुपन्देही र कपिलवस्तुसहितका जिल्लामा सलहको ठूलो समूह देखियो।

उक्त समूहले अन्यत्र भन्दा रुपन्देहीमा केही बढी क्षति गरेको बताइएको छ। सलहको समूह दक्षिणबाट उत्तरतर्फ चलिरहेको हावाको बेगसँगै शनिबार राति नै पहाडी जिल्लामा पुगेको छ। भारतमा रहेको सलहको बथानमा थोरै मात्रामा नेपाल छिरेकाले क्षति कम गर्ने दाबी कृषि मन्त्रालयले गरेको छ। प्रदेश ५ सरकारले त शनिबारै सलह समातेर ल्याएमा प्रतिकेजी २० रुपैयाँ दिने घोषणा नै गरेको छ।

सलह नियन्त्रणको उपाय खोजिरहेका बेला कृषिविद् मदन राईले विषादी हालेर नमार्न आग्रह गरेका छन्। उनले विषादी हालेर मार्नुभन्दा समात्न आग्रह गरेका छन्। खोटाङमा नै आधुनिक पद्धति अपनाएर उनले कृषि कर्म गरिरहेका छन्।

राईले सलह सिद्रा माछा भन्दा पनि पोसिलो हुने बताएका छन्। ‘सिद्रा माछा भन्दा पोसिलो छ सलह’, उनले भनेका छन्, ‘दाना बनाउन काइदा हुन्छ। कसैले समात्यो भने म एक हजार केजीलाई ताजा सुकाएको दुवैलाई १ लाखमा किनिदिन्छु।’ उनले सलह रोक्न समात्ने उपाय नै सही रहेको पनि बताएका छन्।

‘सरकार! सलह रोक्न विष नछर्क। केजीको ५० देखि १०० रुपैयाँ दिने व्यवस्था गरि देऊ, सबै सकिन्छ’, उनले भनेका छन्, ‘मान्छेको खाना र पशुपंछीको दानामा गजब हुन्छ।’ कसरी समात्ने? उनकै शब्दमा यो बाक्लो आयो भने अलिक ठूलो कपडा दुईजनाले दुई छेउमा तानेर सलह छैकौं। एकै ठाउँमा एकैपटक पाँच दश किलो समाउन सकिन्छ।

पातलोलाई पनि समाउने वा खेदेर बाली जोगाउने। सलह सबैजसो पंछीको खाना हो। जंगली पंछी पनि मोटाउने भो। मूख्य कुरा हाम्रो धान कोदो, मकै, आलु, तरकारी फलफूल बाली जोगाउनु हो। घाँस पनि जोगाऊँ। तर पहिले अन्न।

कसैले समाएर ‘सुभद्रा-मदन फाउण्डेशन’मा ल्याइदिए किलोको नगद १०० रुपैयाँले १००० किलोसम्म ल्याए नगद १ लाख भुक्तानी हुनेछ।

हामी एक हजार किलोमध्ये भुटेर माछा मासुको सट्टामा विभिन्‍न परिकार बनाएर विद्यार्थीलाई खुवाउँछौँ। केही हामीसँग भएको पशुपंछीको दाना बनाउँछौं। सिद्राको सट्टामा यो प्रयोग गर्नेछौं। केही हामीसँग भएको सबैखाले पंक्षीलाई ख्वाउनेछौं। तर यसलाई मार्ने बहानामा विष किनेर घुस नखाऊँ, अनि वातावरण विषालु नबनाऊँ। थाहाखबरबाट 

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…