भारतीय सीमामा तैनाथ रहेका सैनिकलाई प्रशिक्षण दिन चीनले मार्सल आर्ट प्रशिक्षक पठायो

चीनले तिब्बती पठारमा आफ्ना सैनिकलाई तालिम दिनका लागि मार्सल आर्टका २० प्रशिक्षकलाई पठाउने भएको छ ।

सैनिकलाई मार्सल आर्टको तालिम दिनका लागि प्रशिक्षक पठाउनुको आधिकारिक कारण भने चीनले खुलाएको छैन।

तर जुन १५ को राति भारतको पूर्व लद्दाखसँग सीमा जोडिएको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय सैनिकसँग भएको भि’डन्तपछि चीनले लिएको यो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

सो भिडन्तमा भारतीय सैनिकका एक उच्च अधिकारीसहित २० जनाको ज्या’न गएको थियो । चीन तर्फ पनि हताहती भएको अनुमान गरिएको छ, तर चीनले अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी दिएको छैन ।

सन् १९९६ मा भएको सम्झौता अनुसार एलएसी क्षेत्रमा सुरक्षाका लागि खटिने दुवै तर्फका सैनिकले ब’न्दुक वा बि’स्फोटक पदार्थ बोक्न पाउँदैनन् । तर भारतले हालकै भिड’न्तपछि अवस्था हेरेर हतियार प्रयोग गर्न पाउने गरी सेनालाई निर्देशन दिएको छ ।

आर्मीलाई तालिम दिन मार्सल आर्टका प्रशिक्षक पठाइने सम्बन्धी खबर चीनको आधिकारिक सञ्चारमाध्यमले जुन २० मा प्रकाशित गरेको हङकङका सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सरकारी टेलिभिजन सिसिटिभीका अनुसार इनबो फाइट क्लबका २० प्रशिक्षकहरु तिब्बतको राजधानी ल्हासामा बस्ने बसेको जनाइएको छ । तर चिनियाँ सञ्चारमाध्यमले ती प्रशिक्षकले भारतसँगको सीमामा रहेका सैनिकलाई प्रशिक्षण दिएको वा दिइरहेको भन्ने कुरा पुष्टि गरेका छैनन् ।

प’रमाणु ह’तियारयुक्त भारत र चीनले हालै भएको सीमा भि’डन्तका लागि एकअर्कामाथि दोष लगाउँदै आएका छन् ।

४५ वर्षपछि भारत–चीन सीमामा सैनिकको ज्या’न जाने गरी भएको भि’डन्तपछि उत्कर्षमा पुगेको त’नाव सैन्य तथा कूटनीतिक वार्ता मार्फत समाधान गर्नका लागि तत्पर रहेको दुवै पक्षले बताउँदै आएका छन् । त्यसका लागि वार्ताहरु पनि भइरहेका छन् । तर आरोप–प्रत्यारोपको शृङ्खला भने जारी छ ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…