पुनः यु’द्धको तयारीमा जुट्दै भारत र चीन, परम्परागत तिब्बती यो’द्धा भर्ना गर्दै चीन

बेइजिङ । लद्दाखस्थित गलवान घाटीमा हालै भएको सं’घर्षपछि भारत र चीनबीच तनाव बढेको छ। सहमतिका लागि वार्ताहरू भइरहे पनि चीनले अहिले सीमामा आफ्नो फौज लगातार बढाइरहेको समाचार प्रकाशनमा आइरहेको छ।

सन् १९९६ को सम्झौतामा उल्लेख भएअनुसार दुवै देशलाई वास्तविक नियन्त्रणको रेखा (एलएसी)मा हतियार प्रयोग गर्न निषेध गरिएको छ। त्यसैले चीनले आफ्ना ल’डाकुलाई सैनिक तालिम दिनका लागि तिब्बती ल’डाकुलाई पनि भर्ना खोलेको छ।

तिब्बती लडाकुहरू परम्परागत यु’द्धमा माहिर हुन्छन्। उनीहरू लट्ठी, भाला, डन्डा तथा र’डले यु’द्ध गर्न सिपालु मानिन्छन्। यही माध्यमबाट चीनले अब भारतसँग यु’द्ध गर्ने तयारी गरिरहेको छ।

पिपुल्स डेलीको रिपोर्टअनुसार तिब्बतको पठार इलाकामा बसोबास गर्ने यी ल’डाकुले चिनियाँ सैनिकलाई विभिन्न हतियारले यु’द्ध गर्नका लागि तालिम पनि दिइरहेका छन्।

भारत र चीनले दुवै देशबीचको आपसी विश्वास बढाउन सन् १९९६ र सन् २००५ मा सम्झौताहरू गरेका थिए। सम्झौताअनुसार दुवै देशका सैनिक गस्तीको समयमा आमनेसामने भए पनि गो’ली च’लाउन निषेध गरिएको थियो।

यसका साथै दुवै देशका सेनाले गस्तीको समयमा एलएसीको दुई किलोमिटरसम्म आफ्नो राइ फलको ब्यारललाई जमिनतिर झुकाएर राख्नुपर्ने नियम राखिएको थियो। बिनासूचना एलएसीको १० किलोमिटरभित्र दुवै देशका सैन्य विमानको उडानलाई पनि प्रतिबन्ध लगाइएको थियो।

यही सम्झौताले गर्दा नै सन् १९७५ यता एलएसीमा शान्ति कायम थियो। आजसम्म दुवै देशबीच त्यस्तो घटना भएको थिएन। तर, अहिले उक्त सम्झौताविपरीत कदम चालिएको भन्दै दुवै देशले एकअर्कालाई दोषारोपण गरिरहेका छन्।

भारतले पनि अहिले स्थिति हेरेर हतियार चलाउन आफ्ना कमान्डरलाई आदेश दिएको केही भारतीय सञ्चार माध्यमले जनाएका छन्। चीनले पनि सीमामा धेरै तोप, ट्यांकर र अन्य हतियार तयारी अवस्थामा राखेको छ। त्यसैगरी भारतले चीनको सीमा नजिक तैनाथ स्थल र वायु सेनालाई सचेत गराएको छ। भारतीय नौसेना पनि हिन्द महासागर क्षेत्रमा लगातार गस्तीमा रहेका जनाइएको छ।–एजेन्सी

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…