भारतले छिमेकीलाई बेवास्ता गरेको मूल्य अहिले आएर चुकाउँनुपरेको छ

चीनसँगको हिं’स्रक भि’डन्तमा आफ्ना सैनिक गुमाएको भारतले बृहत्तर क्षेत्रीय परिस्थितिको मूल्यांकन गर्नुपर्ने भएको छ । त्यस मूल्यांकनका क्रममा नयाँ दिल्लीले आफ्ना समस्या बेइजिङमा मात्र सीमित छैनन्, सबै छिमेकीसँगको सम्बन्धमा छियाछिया परेको छ भनी स्वीकार गर्नुपर्छ ।

पहिलोपटक प्रधानमन्त्री हुनेबित्तिकै नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकका समकक्षीलाई शपथग्रहण समारोहमा निम्त्याएका थिए । सार्वजनिक कूटनीतिको यो राम्रो अभ्यास थियो । भारतीय जनता पार्टीको निर्वाचन घोषणापत्रमा पनि छिमेकी मुलुकहरूको सम्बन्ध सुधार्ने प्रतिज्ञा गरिएको थियो ।

मोदीले उक्त अवसरमा छिमेक पहिलो नीति अंगीकार गर्ने घोषणा गरेका थिए र सार्कका सदस्य मुलुकसँगको सम्बन्धमा जोड दिने बताएका थिए । उनको प्रयास तार्किक निष्कर्षमा पुगेको भए क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन हुने थियो अनि त्यसले भूराजनीतिक तनावलाई सम्बोधन समेत गर्न सक्ने थियो । चीनले यस क्षेत्रमा विस्तार गरिरहेको प्रभावलाई रोक्ने रक्षाकवचको काम पनि यसले गर्ने थियो ।

मोदीले भुटान र नेपालको भ्रमण गरेर सम्बन्ध सुधार्न पहल पनि गरेका हुन् । तर पछि सम्बन्धहरू बिग्रँदै गयो ।

सन् २०१९ मा भारतले पाकिस्तानसँग झण्डै यु’द्ध गर्‍यो । अहिले पनि दुई देशबीचको सीमामा हुने झ’डपहरू नि’यन्त्रणबाहिर जान सक्ने देखिन्छन् । बंगलादेशसँगको सम्बन्ध पनि दोधारमा छ । नेपालको संसद्ले भारतले भोगचलन गर्दै आएको भूमि समेटेर नक्सा जारी गरेको छ र यसले गर्दा दुई देशबीचको सम्बन्ध निकै चिसो छ ।

श्रीलंका र माल्दिभ्स भारतका ऐतिहासिक साझेदार भए पनि तीव्र गतिमा चिनियाँ प्रभावमा परेका छन् । अफगानिस्तानको लोकतन्त्र संकटमा परेको छ र तालिबानको शक्ति तथा प्रभाव बढिरहेको छ । त्यसले गर्दा भारतले दशकौंदेखि गरेको लगानी र कूटनीति खेर गएको छ ।

मोदीले आफ्नो पहिलो कार्यकालको उल्लेख्य समय क्षेत्रीय स्तरको परराष्ट्रनीतिमा खर्च गरेको भए पनि महत्त्वपूर्ण क्षणमा गरेका गलत निर्णयका कारण नयाँ दिल्लीप्रतिको विश्वास यस क्षेत्रका मुलुकले गुमाउँदै गए ।

२०७२ सालमा गएको नेपालमा गएको विनाशकारी भूकम्पको बेलामा भारतले द्रुत गतिमा महत्त्वपूर्ण सहायता पुर्याएकाले न्यानोपन र सद्भाव विकसित भयो । तर ती भावहरू लामो समय रहेनन् ।

नेपालले संविधान जारी गर्न लाग्दा मधेशीहरूले प्रतिकार गरे । उनीहरूलाई समर्थन दिने नाममा र उत्तर भारतमा रहेका मधेशीहरूको मत जित्नका लागि मोदी सरकारले भूपरिवेष्ठित मुलुक नेपालमा नाकाबन्दी लगायो । त्यसले नेपाली अर्थतन्त्रलाई ध्वस्त पर्यो ।

उदाहरणका लागि, चामलको मूल्य दोब्बर भयो अनि खाना पकाउने ग्यासको सिलिन्डरको मूल्य कम्तीमा पाँच गुणा बढ्यो । भूकम्पमा सहायता गरेर कमाएको सद्भाव तत्कालै विलीन भयो । चीनले यस अवसरबाट फाइदा उठाउँदै भारतप्रति नेपालको निर्भरता घटाउनका लागि बाटो बनायो ।

मोदीले अन्य साना तर महत्त्वपूर्ण छिमेकीहरूसँग सम्बन्धबाट लिएको फाइदालाई पनि गुमाउन पुगेका छन् । उदाहरणका लागि, बंगलादेशसँग सन् २०१५ मा नयाँ दिल्लीले स्थलसीमा सम्झौता सफलतापूर्वक टुंग्याएको थियो । तर त्यसको सकारात्मक प्रभाव लामो समय टिकेन ।

सन् २०१९ मा मोदी सरकारले नेसनल रजिस्टर अफ सिटिजन्सलाई अघि बढायो । यसले गर्दा बंगलादेशले सुपुर्दगी गरिएका थुप्रै मानिसलाई स्वीकार गर्नुपर्ने बाध्यता आउन सक्छ त्यसैले उसले उक्त प्रावधानमा घोर आपत्ति जनायो । भारतसँग उसको सम्बन्ध चिसिनु कुनै आश्चर्यको कुरा रहेन ।

भारतका लागि यो अवसर गुम्नु ठूलै झड्काको कुरा हो किनकि बंगलादेशको अर्थतन्त्र कोरोना महाव्याधि नआउन्जेलसम्म चलायमान थियो । अहिले स्वास्थ्य संकटका बेलामा चीनले बंगलादेशलाई अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ ।

मोदीको छिमेकी पहिले नीतिले ६ वर्षमा खासै केही फाइदा दिलाउन सकेको छैन ।

श्रीलंका र पाकिस्तानको हकमा पनि त्यही कुरा लागू हुन्छ ।

मोदी सत्तामा आएपछि छिमेकीहरूसँगको सम्बन्ध खासै अघि बढेको छैन र अधिकांशसँगको सम्बन्ध थप बिग्रेको छ । यसको परिणामस्वरूप नयाँ दिल्लीले सम्भावित फाइदाहरू गुमाउन पुगेको छ । व्यापार तथा लगानी विस्तार हुन सक्थे र देशहरूले वातावरण विनाश तथा खाद्य र जल सुरक्षा जस्ता साझा क्षेत्रीय समस्यामा एकजुट हुन सक्थे ।

यस्ता प्रगति हुन पाएको भए चीनले यस क्षेत्रमा प्रभुत्व जमाउने मौका पनि पाउँदैनथियो । छिमेकीहरूसँगको सम्बन्ध सुधारमा दीर्घकालीन रणनीति अंगीकार नगरेकाले भारत अहिले निकै अप्ठ्यारो स्थितिमा छ र सबै छिमेकी अहिले चीन पहिलो नीतिलाई अनुसरण गरिरहेका देखिन्छन् ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…