चीनका लागि भारतीय राजदूत भन्छन् : चिनियाँ सेना भारत छोडेर आफ्नो भूमिमा गइदिए हुन्थ्यो नि

चीनका लागि भातरीय राजदूत विक्रम मिस्रीले चिनियाँ सेना आफ्नो भूमिमा गए विवाद नै नहुने बताएका छन्।

हालैका दिनमा भारत र चीनबीचको सीमा विवादले गम्भीर रुप लिँदै गएको छ। गतहप्ताको सोमबार लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा दुवै देशका सेनाबीच झडप भएको थियो।

उक्त झडपका क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियो। हालसम्म चिनियाँ सेनाको अवस्थाका बारेका केही खुलेको छैन। भारतले चीनका ४० सेना मारिएको बताएपनि चीनले यस विषय अस्वीकार गरेको छ।

यसबीचमा चीनका लागि भारतीय राजदूत मिस्रीले चिनियाँ सेना वास्तविक नियन्त्रण रेखा एलएसीस्थित आफ्नो नियन्त्रित क्षेत्रमा जानुपर्ने बताएका हुन्। उनले चिनियाँ सेना भारतीय भूमिमा प्रवेश गरेको आरोप लगाएका छन्।

चिनियाँ सेना भारतीय भूमिबाट आफ्नो क्षेत्रमा गए झडप नै नहुने उनको भनाइ रहेको पीटीआइलाई उदृतगर्दै बीबीसीहिन्दीले जनाएको छ।

मिस्री भन्छन्,‘चीनले आफ्नो जिम्मेवारीलाई बुझ्नुपर्छ र एलएसीको आफ्नो क्षेत्रमा जानुपर्छ।’

‘भारतीय सेनाले सँधै एलएसीमा आफ्नो क्षेत्रमा बसेर काम गर्छ। चीनकै कारण दुई देशबीचको सम्बन्ध बिग्रिएको हो।’ उनी भन्छन्,‘दुईपक्षीय सम्बन्धलाई कायम राख्न चीन जिम्मेवार र गम्भीर हुुनुपर्छ।’

चिनियाँ सेनाले भारतीय भूमिमा सैन्य संरचनाहरु खडा गरिरहेको मिस्रीले बताएका छन्। भूउपग्रहबाट खिचिएको तस्बिरहरुमा चिनियाँ सेनाले एलएसीको भारतीय क्षेत्रमा संरचनाहरु बनाएको देखिएको छ।

यी कार्यहरु तत्काल बन्द गर्न पनि मिस्रीले बताएका छन्। उनले भनेका छन्,‘एलएसी पार गरेर भारतीय क्षेत्रमा आउन र त्यहाँ निर्माण कार्य गर्न चीनले बन्द गर्नुपर्छ।’

यसअघि गतहप्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ सेना भारतीय भूमिमा प्रवेश नै नगरेको बताएका थिए। यतिबेला चिनियाँ संरचनाहरु भारतीय भूमिमा देखिएका समाचारहरु सार्वजनिक भएका छन्। एजेन्सी / नेपालखबर 

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…