अनिकाल निम्त्याउने सलह नेपाल प्रवेश, कृषि मन्त्रालयको आकस्मिक बैठक बस्दै

नेपालमा सलह कीरा प्रवेश गरेको छ। भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह देखिएको हो।

‘आज बिहान रूखमा सलह कीरा बसेको देखेपछि किसानहरूले हामीलाई खबर गर्नुभएको हो,’ कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले सेतोपाटीसँग भने, ‘अहिले हामी फिल्डमा छौं। यहाँ सलहका चार वटा झुण्ड रहेछ।’

उनले सलह कीरा नेपालमा देखिएकोबारे कृषि मन्त्रालयमा जानकारी गराइएको बताए। ‘यसबारे छलफल गर्न आज दिउँसो १ बजे मन्त्रालयले जुम मिटिङ राखेको छ,’ उनले भने।

यादवका अनुसार बारा जीतपुर, सिमरा नगरपालिका, निजगढ नगरपालिकामामा सलह देखिएका छन्।

मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले सलह नेपाल प्रवेश गरेकोबारे सूचना आए पनि यसको पुष्टि भइनसकेको बताए। ‘यसबारे अहिले १ बजे छलफल गर्न बैठक छ,’ उनले भने।
यसअघि नेपालमा सलह प्रवेश गर्न सक्ने भन्दै मन्त्रालयले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरेको थियो।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि आएको हो।

सलह फट्याङ्ग्रा वर्गको कीरा हो। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह दिएको छ।

सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो। यसले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पुर्‍याउँछ।

सलह कीरा करोडौंको संख्यामा हुन्छन्। यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ।

यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छ।

यो कीराको प्रकोप खासगरी जेठ महिनादेखि असोजसम्म हुने गर्छ। जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन्।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…