अमेरिकाले लगायो चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्।

उक्त चिनियाँ अधिकारीहरूले हङ्‍कङको स्वतन्त्रतालाई सङ्कुचित पार्ने योजनामा सहभागी भएको भन्दै अमेरिकाले यो निर्णय लिएको बताइएको छ । पोम्पेओका अनुसार अमेरिकी प्रतिबन्ध सीपीसीका पदासीन र भूतपूर्व अधिकारीहरूप्रति लक्षित छ।

यो निर्णय हङ्‌कङको स्वायत्तताविरुद्ध ल्याउन लागिएको सुरक्षा कानूनका लागि चीनलाई दण्डित गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको प्रण अनुरूप गरिएको हो।

चीनले भने अमेरिकाको यो निर्णय त्रुटिपूर्ण भएको भन्दै फिर्ता हुनुपर्ने प्रतिक्रिया दिएको छ।

चिनियाँ संसद्‌को बैठकको पूर्वसन्ध्यामा अमेरिकाले चिनियाँ नेताहरूलाई अमेरिका प्रवेश गर्न नदिने घोषणा गरेको हो।

चीनले प्रस्तावित गरेको कानुनमा हङ्‌कङमा चीनको अधिकारविरुद्ध हुने गतिविधिहरू अपराध ठहरिने तथा बेइजिङले त्यहाँ आफ्ना सुरक्षा निकायहरू स्थापित गर्न सक्ने प्रावधानहरू छन्।

उक्त प्रस्तावित कानुनका कारण हङ्‌कङमा चीनविरोधी प्रदर्शनको नयाँ लहर चलेको छ।

अमेरिकाले प्रवेशाज्ञामा लगाएको प्रतिबन्धबाट प्रभावित हुने चिनियाँ अधिकारीहरूको नाम पोम्पेओले उल्लेख गरेका छैनन्।

के भन्यो चीनले ?

केही समयअघि अमेरिकी सिनेटले हङ्‌कङको स्वायत्ततालाई अनादर गर्ने व्यक्ति र उनीहरूसँग कारोवार गर्ने व्यापारी तथा व्यवसायलाई प्रतिबन्ध लगाउने प्रस्तावमा मतदान भएको थियो।

पोम्पेओले सिनेटको निर्णयअनुरूप यो घोषणा गरेका हुन्।

प्रतिक्रियामा वाशिङ्टनस्थित चिनियाँ राजदूतावासले अमेरिकी पक्षको अन्यायपूर्ण निर्णयहरूको कडा विरोध गर्ने जनाएको छ।

ट्वीटरमा एउटा विज्ञप्ति प्रेषित गर्दै राजदूतावासले अमेरिकालाई तत्काल आफ्ना गल्तीहरू सच्याउन, उक्त निर्णय फिर्ता लिन र चीनको आन्तरिक विषयमा हस्तक्षेत नगर्न आग्रह गरेको छ।
श्रोत बीबीसी

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…