खाडीमा नेपालीकाे दर्दनाक अवस्था, १६२ पटक गर्दा पनि उठदैन् दूतावासको फोन !

दोहा I नेपालले बैदेशिक रोजगारीमा गएकाहरुले पठाएको पैसाले अहिलेसम्म मुलुक चलाइरहेको छ भन्दा पनि फरक नपर्ला तर पनि समस्या पर्दा नेपाल सरकार तथा खाडीस्थित त्यहाँ खोलिएका दूतावासहरु प्रया जस्तो रमिले जस्तै बनेर बसीरहेका छन् ।

गत हप्ता एउटा भिडियो भाइरल भयो त्यो भिडियो थियो यूएईस्थित नेपाली दूतावासमा आफ्नो समस्या लिएर पुगेका शिव बच्चन शाहको उनी कार्यरत कम्पनीले कामबाट निकाली दिएपछि आफ्नो समस्याको पोका बोकेर दूतावास पुगे तर दूतावासका कर्मचारीहरुको रुखो बोली लगायत विभिन्न कारणले उनको समस्या सुनुवाई भएन् I

उनी काठमाडौँको एक मेनपावर मार्फद एक लाख पचास हजार तिरेर दुबई पुगेका थिए । कोरोनाको कारण कम्पनीले कामबाट निकाले पछि उनी अलपत्र परे । उनले सोचे बिदेशमा नेपालीहरुको एक मात्र सारथी भनेको दूतावास हो तर अहिलेसम्म ४० पटक दूतावास पुग्दा पनि बेवास्था गरेको उनी बताउछन् ।

यता नुवाकोटका कुल प्रसाद वस्तीको पनि समस्या उस्तै छ उनी पनि घरपरिवारको समस्याका कारण नेपाल फर्किन भनेर दूतावासले उपलब्ध गराएको अनलाइन फारम भरे तर दूतावासले दोश्रो पल्ट प्रकाशित गरेको स्वदेश फर्किनै सूचीमा उनको नाम आएन् I

उनी भनछन् दूतावासको नम्बरमा १६२ पटक फोन गरे एक पटक पनि दूतावासले फोन उठाउदैन अब के गर्ने ? धेरै युवाहरुको अहिले खाडी मुलुकबाट नेपाल फर्काउने क्रम चलिरहेको भए पनि वास्थबिक पिडितहरु भने खाडीमै रुमलिरहेका छन् ।

सरकारले उद्दार भने पनि टिकटको पैसा आफै तिर्नु पर्ने भए पछि अरु समस्या देखा परेको छ । पैसा हुनेले त टिकटको पैसा तिरेर आउने तर टिकट काट्ने पैसा नभएकाले के गर्ने खाडीका अधिकाम्स नेपाली श्रमिकहरुको अवस्था उस्तै छ ।

यता कतारमा रहेका मोहम्मद हानिफ मियाको पनि समस्या अरुको भन्दा कम छैन् । उनी पनि कतार आएको पाँच दिनमै बिरामी परे । त्यस पछि ८ दिन आईसियुमा बसेर उपचार गरे पछि कम्पनीले दुई महिना आराम गर्न भन्यो ।

पछि कोरोना सुरु भएसंगै कम्पनी पनि बन्द भयो र अहिले विगत चार महिना देखि उनी बेरोगारी भएर बसीरहेका छन् । बल्ल बल्ल कम्पनीले नेपाल फर्कने टिकट मिलाई दिएको थियो । तर लकडाउन र उडान बन्द भए पछि टिकट काटेर बसेका उनी नेपाल फर्किन पाएनन् । उनले पनि कतारस्थित नेपाली दूतावासमा फोन गरे तर दूतावासको फोन उठेन् I

एक पटक बल्ल बल्ल उठ्यो फारम भर्नु पर्छ भन्यो अनलाइन फारम पनि भरे अहिलेसम्म नाम आएन अब के गर्ने आफै अलमल पारेको छु । यता दूतावासले भने प्रथामिकता आधारमा नामावली प्रकाशित गरेको बताए पनि वास्थबिक पिडितहरु समस्या उस्तै छ ।

खाडीका प्रया जसो दुतावासहरुको फोन नउठ्ने उनको गुनासो छ । यता यी समस्या र गुनासो बारे सम्बन्धित दूतावासहरुमा सम्पर्क गर्दा सबै समस्याहरुको समाधान हुने र समाधान गर्ने प्रयास भैरहेको जनाएका छन् ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…