नेपाली र तिब्बती मिलेर बनेको बनेको एउटा यस्तो रेजिमेन्ट छ, जुन भारतले चीनवि’रुद्ध मात्रै प्रयोग गर्छ

काठमाडौं। भारतीय सेनाले खासगरी चीनसँग ल’ड्नको लागि एउटा खास रेजिमेन्ट बनाएको छ । यो रेजिमेन्टलाई टूटू रेजिमेन्ट भनिन्छ । यो रेजिमेन्टमा अहिले गोर्खालीहरु अर्थात नेपाली युवाहरु पनि हुन्छन् । उनीहरु खासगरी चीनवि’रुद्ध ल’ड्छन् । भारतका लागि ज्या’न पनि दिन्छन् । तर, शहीदको रुपमा सम्मान पाउनु उनीहरुको भाग्यमा हुँदैन । उनीहरु गुमनाम मृ’त्युवरण गर्न बाध्य हुन्छन् । यति हुँदाहुँदै पनि यो रेजिमेन्ट भारतको लागि भने निकै महत्वपूर्ण छ ।

भारतीय अखबार दैनिक भास्करमा राहुल कोटियालले यो रेजिमेन्टको बारेमा लेखेका छन् । रिपोर्टमा उल्लेख भएअनुसार टूटू रेजिमेन्ट भारतीय सेनाको महत्वपूर्ण हिस्सा हो तर यसबारे निकै कम जानकारी सार्वजनिक गरिन्छ । यो रेजिमेन्टले अहिले पनि निकै गोपनीय तरिकाले आफ्नो काम गर्छ । यो रेजिमेन्ट अस्तित्वमा भएको कुनै प्रमाण पनि सार्वजनिक गरिएको छैन ।

टूटू रेजिमेन्टको स्थापना १९६२ मा भएको थियो । त्यतिबेला भारत र चीनबीच यु’द्ध चलिरहेको थियो । तत्कालीन इन्टेलिजेन्स ब्यूरोका प्रमुख भोला नाथ मलिकको सुझावमा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले यो रेजिमेन्टको स्थापना गरेका थिए ।

यो रेजिमेन्ट स्थापना गर्नुको उद्देश्य चीनको सीमामा घुसेर लद्दाखको कठिन भौगोलिक स्थितिमा ल’ड्नसक्ने ल’डाकूहरु तयार गर्नु थियो । यसका लागि त्यतिबेला तिब्बतबाट शरणार्थीको रुपमा भारत आएका युवाहरुलाई रोजियो किनकि उनीहरु त्यहाँको क्षेत्रसँग परिचित र अभ्यस्त थिए ।

यही कारण तिब्बती युवाहरुलाई भर्ती गरेर एक फौज तयार गरियो । भारतीय सेनाका रिटायर्ड मेजर जनरल सुजान सिंहलाई यो रेजिमेन्टको पहिलो आइजी नियुक्त गरियो । सुजान सिंहले दोस्रो विश्वयु’द्धमा २२ औं माउन्टेन रेजिमेन्टको नेतृत्व गरिसकेका थिए । त्यसैले नयाँ बनेको रेजिमेन्टलाई इस्टाब्लिसमेन्ट २२ वा टूटू रेजिमेन्ट भन्न थालियो ।

तत्कालीन समयमा यो रेजिमेन्ट बनाइएको भए पनि उनहिरुले काम सुरु गर्न नपाउँदै चीनले यु’द्धविराम गरेपछि उनीहरुलाई भर्ती गर्नुको उद्देश्य अधुरै रह्यो । तर, भारतीय सेनाले यो रेजिमेन्ट कायमै राख्यो । भारतले भविष्यमा पनि चीनसँग यु’द्ध भएमा यो रेजिमेन्ट सबैभन्दा प्रभावकारी हुने भन्दै यसलाई कायमै राखेको थियो । टूटू रेजिमेन्टका जवानलाई खासगरी गुरिल्ला यु’द्धको लागि प्रशिक्षित गरिन्छ । उनीहरुलाई रक क्लाइम्बिङ र प्यारा जम्पिङको विशेष प्रशिक्षण तथा कठिन परिस्थितिमा जीवित रहने कला सिकाइन्छ ।

यो रेजिमेन्टलाई १९७१ मा बंगलादेशसँग यु’द्ध हुँदा अपरेशन इगलमा सहभागी गराइएको थियो । यो यु’द्धमा रेजिमेन्टका ४६ जना जवानले ज्या’न गु’माएका थिए । १९८४ को अपरेशन ब्लुस्टार, अपरेशन मेघदूत र १९९९ मा कारगिल यु’द्धका क्रममा अपरेशन विजयमा पनि यो रेजिमेन्टलाई सहभागी गराइएको थियो ।

यो रेजिमेन्टका जवानले भारतको लागि ज्या’न नै दिए पनि उनीहरुले मृ’त्युपछि पनि सार्वजनिक सम्मान पाउँदैनन् । यो रेजिमेन्टले सधैं गोपनीय तरिकाले काम गर्ने र यसको अस्तित्व सार्वजनिक नगरिएकोले उनहिरुलाई सार्वजनिक रुपमा सम्मान पनि दिइँदैन । यही कारण बंगलादेशसँगको यु’द्धमा ज्या’न गुमाएका ४६ जवानले न कुनै मेडल पाए न श’हीदको रुपमा पहिचान पाए ।

यी जवानले पछिल्लो समय भारतीय सेनाका अन्य जवानले जत्तिकै पारिश्रमिक पाउन थालेका छन् । दिल्ली हाइकोर्टले केही वर्ष पहिले भनेको थियो ‘यी जवान न भारतीय सेनाका हिस्सा हुन् न भारतीय नागरिक । तर, यसका बावजुद यिनीहरु भारतको सीमाको रक्षाका लागि हाम्रा जवानसँग काँधमा काँध मिलाएर उभिएका छन् ।’

आधिकारिक रुपमा यो रेजिमेन्ट भारतीय सेनाको हिस्सा होइन । यद्यपि यसको नेतृत्व कुनै न कुनै सेनाको अधिकारीको हातमा हुन्छ । यो रेजिमेन्टले सेनालाई नभइ रअ र क्याबिनेट सचिवमार्फत सिधै प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्छ । सुरुवातमा यो रेजिमेन्टमा तिब्बती मूलका जवान मात्र हुन्थे । अहिले भने यसमा गोर्खाली अर्थात नेपाली पनि भर्ती हुन्छन् । यो रेजिमेन्टको भर्ती पनि सार्वजनिक रुपमा हुँदैन ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…