भिसाको अवधि सकिएको भए पनि साउदीबाट फर्कंदा जरिवाना नलाग्ने

काठमाण्डौ – कोरोनाको कारण भिसाको म्याद समाप्त भएका नेपालीहरु साउदीबाट जरिवानाबिनै स्वदेश फर्कन सक्ने भएका छन् ।

कोरोना महामारीका कारण अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा, पुन: प्रवेश भिसा र सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएकाहरु कुनै जरिवानाबिना साउदीका जुनसुकै प्रस्थान बिन्दुबाट पनि स्वदेश फर्कन सक्ने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।यसरी फर्कंदा भिसाको अवधि सकिएको भए पनि कुनै जरिवाना र शुल्क लाग्ने छैन ।

साउदीमा समस्यामा परेर प्राथमिकतामा परेका नेपालीलाई अहिले दूतावासले चार्टर्ड उडानमार्फत स्वदेश पठाइरहेको छ । भोलि शनिबार पनि साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि दुई उडान हुँदैछन् ।

आज १ हजार नेपाली स्वदेश फर्किए, १६ वटा श’व पनि ल्याइयो

आज विभिन्न देशबाट एक हजार ३ जना नेपाली स्वदेश फर्किएका छन् भने नेपाली लिएर आएको जहाजले १६ वटा श’व पनि ल्याएको छ ।

मलेसियाको क्वालालाम्पुरबाट आजै सबैभन्दा धेरै नेपाली आएका छन् । १५ वटा शव पनि ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मलेसियाको क्लालाम्पुरबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजबाट १४ शवसहित २४५ जना र अर्को हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४८ नेपालीसहित एक श’व स्वदेश ल्याइएको छ ।

यस्तै यूएईको सारजहाबाट एअर अरेबियाको चार्टर्ड उडानमार्फत १६८ जना स्वदेश फर्किएका छन् भने बहराइनबाट नेपाल एअरलाइन्सका दुई चार्टर्ड उडानमार्फत २७३ जना नेपाली स्वदेश आइपुगेका छन् । बहराइनबाट एक नेपालीको शव पनि पठाइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

कुवेतमा आममाफीमा सहभागी १६० जना नेपाली पनि आज स्वदेश फर्किएका छन् । भिसाको नियम उल्लंघन गरेका १६० जना पुरुषलाई कुवेत सरकारले नै जजिर एअरको चार्टर्ड जहाजमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो ।

कुवेतमा आममाफीमा सहभागी भएकाहरुको स्वदेश फिर्तीका लागि भएको यो ११ औं उडान हो । अहिलेसम्म आममाफीमा सहभागी १७ सय २५ जना नेपाल फर्किएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

भर्खरै प्रकाशित

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…

सडक विभागले हावाले पक्की पुल उडाएको सुनाएपछि सांसदहरू आश्चर्यचकित !

सडक विभागका पदाधिकारीहरूले बन्दा बन्दैको पक्की पुल हावाले उडाएको बताएपछि सांसदहरूले आश्चर्य व्यक्त गरेका छन् । आइतबार संसद्को विकास तथा प्रविधि समितिमा वर्षाले क्षति पुर्‍याएको…