चीनवाट खतरा रहेका एशियाली मुलुकहरुमा अमेरिकी सेना तैनाथ गर्छौं : अमेरिकी विदेशमन्त्री

एजेन्सी– अमेरिकाले जर्मनीबाट फिर्ता गर्न लागेको सेना एसियामा तैनाथ गर्ने तयारी गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ब्रसेल्स फोरममा बोल्दै चीनबाट भारत तथा दक्षिण पूर्वी एशियामा बढ्दो ख’तरालाई मध्यनजर गर्दै अमेरिकाले यूरोपबाट आफ्नो सेनाको संख्या कम गर्ने निर्णय गरेको बताए ।

भारत र चीनबीच सीमा विवाद बढिरहेको बेला अमेरिकी विदेशमन्त्रीको भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जर्मनीमा हाल ५२ हजार अमेरिकी सेना तैनाथ रहेकोमा २५ हजार मात्र सेना राख्ने अमेरिकी तयारी छ ।

अमेरिकाको सेनाको संख्या घटाउने निर्णयको युरोपका कतिपय मुलुकहरुले विरोध जनाएका छन् । उनिहरुले युरोपलाई रसियाबाट खतरा रहेको भन्दै अमेरिकी निर्णय अनुपयुक्त भएको बताउंदै आएका छन् ।

अमेरिकाले तत्कालन ९ हजार ५ सेना एशियामा तैनाथ गर्ने तयारी गरेको छ । अमेरिकी विदेशमन्त्री पोम्पियोले भने ‘भारत,मलेशिया,इन्डोनेशिया तथा फिलिपीन्सजस्ता एशियाली देशहरुलाई चीनबाट बढ्दो ख’तरालाई मध्यनजर गर्दै अमेरिका दुनिया भरमा रहेका आफ्ना सेनाको तैनाथीको समीक्षा गरिहरहेको छ । आवश्यक पर्यो भने पीपुल्स लिबरेशन आर्मीको मुकाबिला गर्न सकोस । ’

पोम्पिओले अमेरिकाले पीएलएलको सामना गर्न सक्ने गरी आफ्नो सेना तैनाथ गर्ने बताए । ‘ यो हाम्रो समयको चुनौती हो । र हामी सुनिश्चित गर्छौ हामीसंग चीनसंग सामना गर्नको लागी सवै समाधान उचित ठाउंमा उपलब्ध हुन्छ । हाम्रो तयारी समेत पुरा छ । ’ पोम्पियोले भने ।

उनले सेनाको तैनाथी कुनै कुनै ठाउंमा कम हुने र ज्यादा खतरा जरुरी रहेको ठाउंमा बढ्ने जानकारी दिए । उनले साउथ चाइना सीमा चीनवाट खतरा बढेको दावी गरे । त्यसका लागी आफ्ना हितेषी मुलुकहरुबीच वार्ता होस भन्ने अमेरिकाको चाहना रहेको पोम्पियोको भनाई थियो । पोम्पिओले चीनबाट छिमेकी मुलुकहरुलाई खतरा रहेको यसमा अमेरिकाले नजर राखिरहेको बताए ।

उनले भारत चीन सीमामा भएको झड्प, चीनको साउथ चाइना सीमा भएको हस्तक्षेप र चीनको आर्थीक नीतिबारे खुलेर आफ्नो धारणा राखेका थिए । पोम्पिओले ट्रान्स अटलांटिक अलाइन्समा चीनको खतरालाई लिएर साझा समझदारी बनाउनेमा मद्दत मिल्ने बताए ।

चिनियां कम्युनिकेशन कम्पनी हुवावे चीनको गुप्तचर संस्थाको हिस्सा हो भन्ने प्रश्नमा पोम्पिओले भने ‘चीनका सुरक्षाकर्मी यो कम्पनीको मुख्यालयमा काम गर्छन् । चीनको कानूनअनुसार हुवावे कुनै डेटा मागियो भने दिन सक्छ । चिनियां कम्युनिष्ट पार्टीको निर्देशनअनुसार यो कम्पनी निजी डाटा पनि दिन्छ ।’

अमेरिकाले हिन्द महासागरस्थ्ति सैन्य अड्डा डियोगार्शियामा पहिलो पटक ९ हजार ५ सय सैनिक तैनाथ गर्ने तयारी गरेको स्रोत बताउंछ । यसका साथै ताइवानमा समेत सेना तैनाथ गर्न सक्ने विश्लेषण गरिएको छ । अमेरिकाको जापान,दक्षिण कोरिया, डियोगार्शिया र फिलीपीन्समा सेना तैनाथ छ ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…