असार १६ सम्ममा पास नभए खारेज हुन्छ एमसिसी? यस्तो भन्छन् अर्थ मन्त्रालयका अधिकारी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक जारी छ। उक्त बैठकको एउटा प्रमुख मुद्दा एमसिसीअन्तर्गत अमेरिकाले दिएको ५० अर्बको अनुदान संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय हो।

नेकपाको बैठक जारी रहेकै बेला अहिले एमसिसीका विषयमा अर्को चर्चा पनि चलेको छ- असार १६ सम्म संसदबाट अनुमोदन नभए एमसिसी सम्झौता आफैं खारेज हुनेछ। संसदको बैठक असार १७ गतेसम्मका लागि स्थगित भएको छ। त्यसैले संसद बैठक सुरू हुनुअघि नै यो सम्झौता खारेज हुने टिप्पणी कतिपयले गरेका छन्।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार एमसिसी अनुमोदन हुनु पर्ने कुनै मिति तोकिएको छैन।

त्यसो भए असार १६ को चर्चा कसरी आयो त?

‘अहिलेसम्मको चरण भनेको तयारीको चरण हो। जुन ३० (असार १६) देखि एमसिसी निर्माणको चरणमा प्रवेश गर्ने तालिका तय भएको हो,’ ती अधिकारीले भने, ‘यो मितिमा संसदबाट अनुमोदन नभए सम्झौता नै खारेज हुने भन्ने कहीँ लेखेको छैन।’

एमसिसी खारेज नभए पनि संसदबाट अनुमोदन नहुञ्जेल यस अन्तर्गतका परियोजना अघि बढाउन भने कठिन छ। एमसिसी अन्तर्गतका मुख्य परियोजना ट्रान्समिसन लाइन र सडक मर्मतका लागि टेन्डर आह्वान हुन सकेको छैन।

‘अहिलेको अनिश्चितताबीच टेन्डर गर्ने कुरा पनि भएन,’ उनले भने।

आर्थिक हिसाबले पनि एमसिसी परियोजना अघि बढाउन कठिन छ। संसदबाट अनुमोदन हुन नसकेपछि गत सेप्टेम्बरदेखि यो परियोजनामा खर्च भएको रकम अमेरिकी सरकारबाट शोधभर्ना भएको छैन।

‘सम्झौता अनुसार यो परियोजनामा खर्च भएको रकम अमेरिकाबाट सोधभर्ना माग्ने हो,’ ती अधिकारीले भने, ‘संसदबाट सम्झौता अनुमोदन अड्किएपछि हामीले सोधभर्ना लिन सकेका छैनौं।’

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…