भारतीय बुहारीलाई सात वर्षपछि नागरिकता दिने प्रावधानप्रति भारत जनायो आपत्ति

काठमाडौं । नेपाली पुरुषसँग विवाह गर्ने विदेशीलाई सात वर्षपछि नागरिकता दिने प्रावधानप्रति भारतले घुमाउरो ढंगले आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस विषयमा विभिन्न रिपोर्ट देखेको बताएका छन् ।

‘नेपाल र भारतका जनताबीच एकदम गहिरो र पारिवारिक सम्बन्ध छ’, मन्त्रालयमा बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उनले भने, ‘यो सम्बन्धले दुई देशबीच रहेको नजिकको सभ्यतागत र सांस्कृतिक सम्पर्क प्रतिविम्बित गर्छ ।’

भारतीय अधिकारीले प्रत्यक्ष विरोध नगरे पनि कूटनीतिज्ञ र मिडियाले नागरिकता प्रावधानको विरोध गरिरहेका छन् । यसले दुई देशबीच रहेको रोटीबेटी र बिहावारीको सम्बन्धलाई असर गर्ने प्रतिक्रिया व्यक्त गरिरहेका छन् । नेपालमा कांग्रेस र मधेसकेन्द्रित दलले उक्त प्रावधानको विरोध गरिरहेका छन् ।

नेपालले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाली सामान निर्यातमा भारतको पश्चिम बंगाल राज्य सरकारले रोक लगाएका खबर सार्वजनिक भइरहेका छन् । तर, भारतीय विदेश मन्त्रालयले भने यसलाई अस्वीकार गरेको छ ।

‘व्यापार र सप्लाई बिनाअवरोध अगाडि बढिरहेका छन् । काँकडभिट्टा र पानीट्यांकी क्षेत्रमा पनि कुनै अवरोध छैन । दुई मुलुकको बीचमा ठूलो व्यापार छ’, प्रवक्ता श्रीवास्तवले भने, ‘लकडाउनको समयमा पनि दुई देशको व्यापार बढिरहेको छ । मे महिनामा मात्रै ३ सय मिलियन अमेरिकी डलरभन्दा बढीको व्यापार भयो ।’ उनले कोभिडको चुनौतीपूर्ण समयमा पनि नेपालसँगको व्यापार र अत्यावश्यक सामानको प्रवाहमा सहजीकरण गरिरहेको बताए ।

नेपालले कालापानी क्षेत्रमा नयाँ सुरक्षा चौकी स्थापना गरेको विषयले पनि भारतमा चर्चा पाएको छ । के भारतले पनि सीमा क्षेत्रमा सशस्त्र सुरक्षा दस्ता परिचलान गर्दै छ भनी सोधिएको प्रश्नमा प्रवक्ताले टिप्पणी गरेनन् । सीमा समस्या समाधान पहलबारे पनि उनले प्रतिक्रिया दिन अस्वीकार गरे ।

भारतले सीमा क्षेत्रमा निर्माण गरेको संरचनाका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको सम्बन्धमा नेपालले भारतसँग निरन्तर कुरा उठाइरहेको छ । यस सम्बन्धमा प्रवक्ता श्रीवास्तवले नेपालसँग आवश्यक समन्वय भइरहेको बताए । ‘यस सम्बन्धमा द्विपक्षीय केही संयन्त्र छन्, उनीहरूले काम गरिरहेका छन्’, उनले भने । अन्नपुर्णपोस्ट 

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…