भारतले भन्यो, अब लिपुलेक, लिम्पियाधुरा र कालापानीका सम्बन्धमा थप प्रतिक्रिया दिदैनौं

भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीका सम्बन्धमा थप प्रतिक्रिया नदिने बताएको छ । उसले नेपालमा चीनको प्रभाव, नयाँ नक्सा, विदेश सचिवस्तरीय बैठकलगायतका विषयमा टिप्पणी नगर्ने पनि स्पष्ट गरेको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नयाँ नक्साबारे कुनै जानकारी नदिने बताउँदै नेपाल र भारतबीच आपूर्ति व्यवस्था निरन्तर रहेको उल्लेख गरेका छन् । बिहीबार पत्रकारहरूले नेपालद्वारा जारी नयाँ नक्सा, विदेश सचिवस्तरीय बैठकको सम्भावना, नेपाली भूभाग चीनले अतिक्रमण गरेको चर्चाबारे प्रश्न गरेका थिए ।

‘भारतले आफ्नो धारणा १३ जुनमा सार्वजनिक गरिसकेको छ । यस सम्बन्धमा थप प्रतिक्रिया छैन,’ आधा दर्जन पत्रकारहरूको जवाफमा श्रीवास्तवले भने । भारतले नेपालद्वारा जारी नक्सा मान्य नहुने तथा नेपालले वार्ताका लागि सकारात्मक वातावरण बनाउनुपर्ने जिकिर गरेको थियो ।

पत्रकारहरूले नेपालमा भारतबाट विवाह गरेर जाने चेलीहरूलाई नागरिकता लिन सात वर्ष लाग्ने नेपाली कानुनी प्रावधानबारे उनीसँग प्रतिक्रिया मागेका थिए । श्रीवास्तवले यसबारे सीधा प्रतिक्रिया दिएनन् । ‘यस सम्बन्धमा हामीले रिपोर्ट हेरेका छौँ । हाम्रा जनताबीच गहिरो सम्बन्ध छ । नेपाल र भारतका जनताबीच पारिवारिक सम्बन्ध छ । यसले दुई देशको सभ्यता र संस्कृतिमा आधारित सम्बन्धलाई प्रतिबिम्वित गर्दछ,’ उनले भने ।

नेपाल र भारतबीच अत्यावश्यक सामग्री तथा व्यापारका लागि आपूर्ति व्यवस्थामा अवरोध नआएको उनको भनाइ थियो । लकडाउनको चुनौतीमाझ पछिल्लो महिनामा मात्रै नेपाल र भारतबीच ३० करोड अमेरिकी डलरबराबरको व्यापार भएको श्रीवास्तवले जानकारी दिए ।

चीनबाट नेपाली भूमि मिचिएको छैन : नेपाल 

सरकारले चीनबाट नेपाली भूमि अतिक्रमित नभएको स्पष्ट पारेको छ । बिहीबार विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सीमाबारे प्रतिवेदन तयार नगरेको र यो उसको क्षेत्राधिकारसमेत नभएको पनि जिकिर गरेको छ । सार्वजनिक सञ्चारमाध्यममा चीनबाट नेपाली भूमि अतिक्रमित भएको समाचार आइरहेका वेला परराष्ट्र मन्त्रालयले खण्डन गरेको हो ।

कृषि मन्त्रालयले रिपोर्ट नभएको पहिले नै स्पष्ट पारिसकेको र सार्वजनिक भएको भनिएको कथित रिपोर्ट खारेज गरिसकेको परराष्ट्रले जनाएको छ । नेपाल र चीनबीच ५ अक्टोबर १९६१ को सीमा सन्धिका आधारमा सीमांकन भएको परराष्ट्रको भनाइ छ । सीमा स्तम्भ नम्बर ३७ र ३८ नहराएको तथा यसबारे दुवै देशबीच विवाद नभएको सरकारले जनाएको छ ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…