नेपाली भूमि चीनलाई उपहार दिएको भन्दै भारतले लगायो प्रधानमन्त्री ओलीमाथि गम्भीर आ’रोप

काठमाडौं। भारतले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निकै गम्भीर आरोप लगाएको र यस विषयमा थप अनुसन्धान गर्ने जनाएको छ । इकोनोमिक टाइम्सका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि चीनलाई उपहारस्वरुप दिएको भारतको आरोप छ ।

चीनले त्यो भूमि प्रयोग गरेर भारतविरुद्ध गतिविधि गर्न सकोस् भन्ने नियतले नेपालले आफ्नो भूमि चीनलाई दिएको नयाँ दिल्लीले आशंका गर्दै यस विषयमा थप अनुसन्धान थालेको छ ।

लद्दाखमा भारतीय सेनासँग झ’डप भएकै बेला चीनले नेपाली भूमि लिएपछि यसले पार्ने रणनीतिक प्रभावबारे भारतले अनुसन्धान गर्ने रिपोर्टमा जनाइएको छ । नयाँ दिल्लीले चीनले लिएको नेपाली क्षेत्रको वास्तविक अवस्थिति, भारतीय सीमाबाट यो क्षेत्रको दूरीबारे अध्ययन गर्दैछ ।

यसका साथै यो भूमि नेपालको उच्च राजनैतिक तहले स्वेच्छाले चीनलाई दिएको हो वा नेपालको केपी ओली सरकारलाई झुक्याएर चीनले ह’त्याएको हो भन्ने बारे पनि भारतले अनुसन्धान गर्दैछ ।

यो भूमि नेपालले नै चीनलाई दिएको वा नेपाललाई झुक्याएर चीनले लिएको दुवै अवस्थामा यसले भारत–चीनको सम्बन्ध थप जटिल बनाउने समाचारमा दावी गरिएको छ । नेपाल वाचर्सको एक दस्तावेजले अब चीनसँग बलियो निकटता व्यर्थ भएको प्रधानमन्त्री केपी ओलीसहितका शीर्ष नेतृत्वले बुझ्नुपर्ने बताएको समाचारमा उल्लेख छ । उनीहरुका अनुसार प्रधानमन्त्रीले आफ्नो कुर्सी बचाउने प्रयासमा बेइजिङसँग निकटता बढाउँदा नेपाल–भारत सम्बनधमा छायाँ परेको विश्लेषण गरेका छन् ।

समाचारमा लेखिएको छ ‘भारत–चीन–नेपालबीच एकै ठाउँमा जोडिने त्रिदेशीय सीमा छ । सन् १९५४ मा भारत र चीन दुवैले कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई लिपुलेक पास प्रयोग गर्न दिने विषयमा सहमति गरेका थिए ।

१९५० मा चीनले तिब्बत अधिग्रहण गरेपछि नेपालले भारतलाई उसको उत्तरी सीमामा १७ वटा सैन्य चेकप्वाइन्ट राख्न अनुमति दिएको थियो । २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको समझदारीमा लिपुलेक पासलाई भारत चीनबीचको एक पासको रुपमा उल्लेख गरिएको र यहाँबाट दुई देशले व्यापार गर्ने सहमति भएको थियो ।’

अगाडि लेखिएको छ ‘यही समय चीनले तिब्बतमा नेपाली भूमि अ’तिक्रमण गर्नको लागि विस्तारित सडक निर्माण गरिरहेको छ र सम्भवतः यी क्षेत्रमा बोर्डर आउटपोस्ट स्थापना गर्ने नेपाल सरकारको रिपोर्टमा जनाइएको छ ।

नेपालको कृषि मन्त्रालयको सर्वेक्षण विभागको रिपोर्टले ११ यस्ता ठाउँहरु देखाउँछ जसमध्ये १० स्थानमा चीनले लगभग ३३ हेक्टर नेपाली भूमि अ’तिक्रमण गरेको छ । यसका लागि चीनले प्राकृतिक सीमाको रुपमा रहेका नदीलाई डाइभर्ट गरेको छ ।’

इकोनोमिक टाइम्सले एक दस्तावेजको हवाला दिँदै अगाडि लेख्छ ‘चीनले तिब्बत स्वायत्त क्षेत्रमा वृहत रुपमा सडक संजाल विस्तार गरिरहेको छ जका कारण केही नदी र तिनका सहायक नदीले आफ्नो बाटो परिवर्तन गरी नेपालतर्फ बग्न थालेका छन् ।

नदीहरुको यो बहावले विस्तारै नेपालको क्षेत्र घटाउँदै गएको छ र यो क्रम अझै केही समयसम्म चल्नेछ जसले नेपालको ठूलो भूभाग तिब्बत स्वायत्त षेत्रतर्फ पर्नेछ ।’

इकोनोमिक टाइम्स अगाडि लेख्छ ‘तिब्बतमा चिनियाँ सडक निर्माणले संखुवासभा जिल्लामा सुमजुंग, कामखोला र अरुण नदीको बहाव पनि डाइभर्ट गरेको छ जसका कारण ९ हेक्टर नेपाली भूमि अति’क्रमण भएको छ । नेपालले समयमै उचित कदम नचाले नेपालको अझै थप भूमि अति’क्रमणमा पर्ने त्यो दस्तावेजले चेतावनी दिएको छ ।’ साभार : डिसी नेपाल 

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…