१ हजार १ सय २४ जना नेपाल आर्मीका जवान क्वारेन्टाइनमा

काठमाडौं । जंगीअड्डाले राष्ट्रसंघीय शान्ति मिसनमा जान लागेका ११ सय २४ फौजलाई क्वारेन्टाइनमा राखेको छ। दक्षिणी सुडान, कार, माली र लिबिया जान लागेको फौजलाई काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा राखिएको नेपाली सेनाले जनाएको छ।

संयुक्त राष्ट्रसंघले कोरोना संक्रमण जोखिमका कारण फागुन अन्तिम साता दक्षिणी सुडान उड्न लागेका नेपाली शान्ति सेनालाई रोकेको थियो। त्यसपछि कुनै पनि मिसनमा नेपाली सैनिक फौज गएको थिएन। पुनः लैजाने भनेपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको हो।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले मिसनमा जाने फौजलाई सम्पूर्ण स्वास्थ्य परीक्षणपछि मात्र पठाइने बताए। ‘मेडिकल रिपोर्टसहित फौजलाई शान्ति मिसनमा पठाउछौं’, उनले अन्नपूर्णसँग भने।

उनीहरूमा कोरोना संक्रमण रहे÷नरहेको परीक्षण गरिनेछ। राष्ट्रसंघले शान्ति सैनिक लैजान यसपटक विमान पठाउने छैन। जंगीअड्डाले विमान व्यवस्थापन गरी सम्बन्धित मुलुक पठाउनुपर्नेछ। त्यसका लागि जंगीअड्डाले टेन्डर आह्वान गर्नेछ। त्यसपछि मात्र कुन विमान कम्पनीबाट उनीहरूलाई लैजाने टुंगो लाग्नेछ।

छनोट भए पनि कोरोना जोखिमका कारण सैनिक अधिकारी मिसन जानबाट वञ्चित भएका थिए। विश्वभर कोरोना फैलिएपछि राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन फागुन तेस्रो साता जंगीअड्डालाई पत्र पठाएको थियो। नेपालबाट फौज जान नपाएपछि पुरानै टोलीले सम्बन्धित मुलुकमा शान्ति सेनाका रूपमा काम गरिरहेका छन्।

दक्षिणी सुडान, कार, माली र लिबियामा नेपाली सैनिक अधिकारीको फरेबदल हुन पाएको थिएन। दक्षिणी सुडानका लागि पहिलो फ्लाइट असार १७ गते काठमाडौंबाट उड्नेछ। त्यसतर्फ जान ७ सय सैनिक तयारी अवस्थामा छन्।

पहिलो टोली दक्षिणी सुडान पुगेपछि त्यहाँ रहेका सैनिक अधिकारी फर्कनेछन्। कार र मालीको फ्लाइट असार २३ गते हुनेछ। कारका लागि ५६ र मालीका लागि १ सय ३८ जना मिसन जान तयारी अवस्थामा छन्। लिबिया जाने २ सय ३० जनाको टोली असार ३१ गते प्रस्थान गर्नेछ। शम्भु कट्टेलले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…