सरकारको स्पष्टीकरण : चीनसँग सीमा विवाद छैन

११ असार, काठमाडौं । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको प्रष्टिकरण दिएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको परराष्ट्रले उल्लेख गरेको छ ।

कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने पनि उल्लेख गरेको परराष्ट्रले विज्ञप्तिमार्फत बताएको छ ।

त्यस्तै हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको मन्त्रालयले बताएको छ । प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको परराष्ट्रको भनाइ छ ।

नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको परराष्ट्रले उल्लेख गरेको छ ।

सीमा सम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान गर्ने पनि परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…