चिनियाँ सञ्चार माध्यमले गरे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएको शुक्रबार भएको सर्वदलीय बैठकमा गरेको टिप्पणीको चिनियाँ सञ्चारमाध्यमले सराहना गरेका छन्।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले मोदीले सर्वदलीय बैठकमा व्यक्त गरेको भनाई र त्यसमा विशेषज्ञको टिप्पणीसहितको खबर प्रकाशित गरेको छ ।

मोदीले सर्वदलीय बैठकमा भारतीय भूमिमा कोही पनि चिनियाँ सैनिक प्रवेश नगरेको र भारतको कुनै पनि सीमा पोस्ट कसैको कब्जामा नरहेको बताएका थिए ।

उनको यो भनाईले गएको सोमबार राति गलवान उपत्यकाको भारत–चीन सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको भिडन्तमा चीनको दोष नरहेको पुष्टि गर्ने भन्दै भारतमै मोदीको आलोचना भइरहेको छ ।

ग्लोबल टाइम्सको खबरमा शांघाइस्थित फुडान विश्वविद्यालयको सेन्टर फर साउथ एसियन स्टडिजका प्राध्यापक लिन मिनवाङ्गको राय उल्लेख छ । उनले भनेका छन्, ‘तनाव कम गर्ने क्रममा प्रधानमन्त्री मोदीको वक्तव्य अति महत्वपूर्ण साबित हुनेछ । उहाँले चीनमाथि आरोप लगाउनका लागि कट्टरपन्थीको आधार हटाउनु भएको छ ।’

प्राध्यापक लिनले भनेका छन्, ‘पाकिस्तान वा अरु कुनै देशसँगको तनावमा जस्तो भारतले चीनसँगको तनावमा राष्ट्रवादको आधारमा काम गर्न सक्दैन । चीनसँगको तनाव उसका लागि राष्ट्रवाद भन्दा फरक कुरा हो ।’

चिनियाँ सञ्चारमाध्यम र त्यहाँका विश्लेषकले मोदीको भनाईको स्वागत तथा सो वक्तव्य धेरै हदसम्म सही रहेको बताए पनि भारत भित्रै भने मोदी सबैतिरबाट प्रश्नहरुको घेरामा परेका छन् ।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…