परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच फोन वार्ता

काठमाडौं। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका अमेरिकी समकक्षी माइक पोम्पियोबीच बुधबार फोन वार्ता भएको छ। बुधबार अपराह्न ५ बजेपछि दुई मन्त्रीबीच फोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

वार्ताको क्रममा दुई मन्त्रीले एकअर्काको देशमा कोरोना भाइरस महामारीले पारेको असर र सरकारहरुले नियन्त्रणका लागि गरेका प्रयासको सहरानाा गरिएको थियो।

वार्ताका क्रममा मन्त्री ज्ञवालीले कोरोनाका कारण अमेरिकामा ज्याउन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि र संक्रमितहरुको स्वास्थ्य लाभको कामना गरेका थिए। साथै ट्रम्प प्रशासनले कोरोना नियन्त्रणका लागि गरेका प्रयासहरुको सहराना गरेका थिए।

त्यसै विदेशमन्त्री पोम्पियोले पनि नेपालमा कोरोनाका कारण ज्यान गमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए। सो क्रमममा मन्त्री ज्ञवालीले अमेरिकाले नेपालमा स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा गरेको सहयोगका लागि धन्यावाद दिएका थिए।

यस्तै आगामी दिनमा पनि अमेरिकी सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए।

नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे विवाद चलिरहेको बेला भएको यो वार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ। तर, एमसीसीबारे दुईमन्त्रीबीच कुरा भएको वा नभएकोबारे भने परराष्ट्र मन्त्रालयले केही जनाएको छैन।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…