जासुसी गरेको आरोपमा दर्जनौं पाकिस्तानी कूटनीतिक अधिकारीलाई देश निकाला गर्दै भारत

काठमाडौं । भारतले पाकिस्तानी कूटनीतिक अधिकारीलाई देशनिकाला गरिने बताएको छ ।

भारतको विदेश मन्त्रालयका अनुसार राजधानी सहर दिल्लीमा रहेको पाकिस्तानको उच्च आयोग (राजदूतावास)मा कार्यरत आधा कर्मचारीहरु देशनिकाला गर्ने बताएको छ । उनीहरुमाथि जासुसी गरेको र आ तंकवादीहरुसँग सम्बन्ध रहेको आरोप लगाइएको छ ।

भारतले पनि पाकिस्तानको राजधानी सहर इस्लामावादमा रहेको आफ्नो उच्च आयोगमा पनि सोही संख्यामा कर्मचारी कटौती गर्नेछ ।

यस विषयमा पाकिस्तानको भने कुनै प्रतिक्रिया आएको छैन । तीन साताअघि भारतले पाकिस्तानका दुई कर्मचारीहरुलाई देशनिकाला गरेको थियो । यससँगै पाकिस्तान र भारतको बीचको सम्बन्धमा तनाव बढेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय कूटनीतिक कर्मचारीमाथि इस्लामावादमा दुर्व्यवहारको आरोप लगाउँदै भारतले यस्तो कदम चालेको हो ।

गत साता भारतले पाकिस्तानले आफ्ना कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको थियो । पाकिस्तानले भने उनीहरुले सवारी चलाउँदा पैदलयात्रीलाई ठक्कर दिएको कारण उनीहरुलाई पक्राउ गरिएको बताएको थियो ।

दुवै मुलुकले एकअर्काको मुलुकमा रहेको उच्च आयोगको क्षमता ११ कर्मचारीको राख्ने सहमति गरेका छन् । तर, अहिले यो संख्या ९० को हाराहारीमा छ । अहिले भारतले गरेको निर्णयअनुसार अब दुवै तर्फका ३५ कर्मचारीहरु एक साताभित्र फिर्ता हुनेछन् ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…