अमेरिकाले विदेशी कामदारलाई रोक लगाएपछि भारतीय मिडियामा चल्यो रुवाबासी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारका लागि दिँदै आइएको भिसा यस वर्षको अन्त्यसम्मका लागि निलम्बन गरेका छन् । राष्ट्रपतिको पछिल्लो निर्णयले अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का कारण जागिर गुमाएकाहरूलाई राहत पुग्ने ह्वाइटहाउसले जनाएको छ ।

जसका कारण संकटपूर्ण अर्थतन्त्रलाई केही टेवा पुग्ने ट्रम्पको भनाइ छ । तर, व्यापारिक समूहहरूले भने सरकारी निर्णयको विरोध गरेका छन् ।

राष्ट्रपति ट्रम्पले निलम्बन गरेको ‘एच–१ बी’ भिसाका कारण भारतका सूचना प्रविधिसम्बन्धी कम्पनी र कामदारहरू बढी प्रभावित हुने जनाइएको छ । अमेरिकाले प्रत्येक वर्ष ८५ हजार ‘एच–१ बी’ भिसा जारी गर्दै आएको छ । तीमध्ये करिब ७० प्रतिशत भारतीय छन् ।

ट्रम्पको उक्त निर्णयले उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, आय र उच्च तहमा कार्यरत कर्मचारी काम गर्ने कार्यकारीहरू प्रभावित हुने जनाइएको छ ।

‘एच–१ बी’ भिसा के हो ?

गैरआप्रवासीहरूका लागि जारी गरिने ‘एच–१ बी’ भिसावाहकले ६ वर्षसम्म अमेरिकामा काम गर्न पाउँछन् । सामान्यत: अमेरिकामा कामदार अभाव भएपछि विदेशीहरूका लागि यस्तो भिसा दिने गरिन्छ ।

‘एच–१ बी’ भिसा पाउने जुनसुकै विदेशीहरूले अमेरिकामा स्थायी बसोबासका लागि आवेदन दिन तथा सम्पत्ति खरिद गर्न पाउनेछन् ।

यो भिसाअन्तर्गत भारतीय प्रविधि कम्पनी बिप्रो, इन्फोसिस र टाटा कन्सल्टेन्सी सर्भिसेजले अमेरिकामा कामदार पठाउँदै आएका थिए । यस भिसाअन्तर्गत अमेरिकाका गुगल, फेसबुक तथा ट्वीटरले भारतका कामदार अमेरिका ल्याउने गरेका थिए ।

ट्रम्पको घोषणाले खासगरी भिसाका लागि आवेदन दिने तयारीमा रहेकाहरूलाई प्रभाव पर्ने बीबीसीले जनाएको छ । त्यस्तै, आफ्नो देश फर्केका ‘एच–१ बी’ भिसावाहक समेत यो वर्ष अमेरिका प्रवेश गर्न पाउने छैनन् ।

नयाँ नियमका कारण अमेरिकामा काम गर्ने करिब ५ लाख २५ हजार विदेशीसमेत प्रभावित हुने जनाइएको छ । जसमा स्थायी आवासका लागि नयाँ ग्रिन कार्ड लिने तयारीमा रहेका करिब १ लाख ७० हजार विदेशी कामदार छन् ।

ट्रम्प प्रशासनले गत अप्रिलमा पहिलोपटक स्थायी बसोबास तथा ग्रिन कार्डका लागि हुने प्रक्रिया रोक्ने बताएको थियो । उक्त घोषणाको समय सोमबार सकिएको छ । तर अब यो वर्षको अन्त्यसम्म नयाँ नियम लागू हुनेछ ।

के छ प्रतिक्रिया ?

पछिल्लो कदमले प्रविधि क्षेत्रका व्यवसायी तथा कम्पनीहरूले कडा आलोचना गरेका छन् । यो निर्णयका कारण अमेरिकी अर्थतन्त्र बचाउनुको साटो थप प्रभावित हुनेछ ।

भारतमा जन्मिएका गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाइले सरकारको पछिल्लो निर्णयले निराश बनाएको बताएका छन् । ‘अमेरिकाको अर्थतन्त्रको सफलताका साथै सूचना प्रविधिमा विश्वकै नेतृत्वका लागि आप्रवासीले उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्,’ उनले ट्वीट गरेका छन् ।

राष्ट्रपति ट्रम्पलाई निर्णयबारे पुनर्विचार गर्न आफूहरूले आग्रह गर्ने पिचाइको भनाइ छ । निर्णयबारे भारतमा समेत कडा आलोचना गरिएको छ । भारतमा सूचना प्रविधि क्षेत्रको साझा संगठनले ‘अमेरिकी निर्णयले अमेरिकाकै अर्थतन्त्रलाई असर पुर्‍याउने जनाएको छ ।’

भारत सरकारले भने ट्रम्पको निर्णयबारे कुनै प्रतिक्रिया जनाएको छैन । भाइरसको महामारी र चीनसँग बिग्रँदै गएको सम्बन्धका कारण भारतीय अधिकारहरूले अमेरिकी निर्णयप्रति तत्काल प्रतिक्रिया नदिने अनुमान गरिएको छ ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…