रपालुवा कुकुरलाई डुलाएजस्तो दाम्लोमा बाँधिएको चितुवालाई लुरुलुरु हिँडाइयो…

काठमाडौँ । मंगलबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । भिडियोमा एउटा चितुवालाई दाम्लोमा बाँधेर सडकमा हिँडाइएको छ । र, चितुवा सँगसँगै मान्छेको भीड पनि हिँडिरहेको छ । फोटो खिच्नेको भीड छ ।

खसीबोका वा घरपालुवा कुकुरलाई डुलाएजस्तो दाम्लोमा बाँधिएको चितुवा लुरुलुरु हिँडिरहेको छ ।

पोहोरदेखि तनहुँ जिल्लाका विभिन्न भागका बासिन्दा चितुवाबाट आजित छन् । धेरै जिल्लामा यसको आतंकले घ टनाहरु भएका छन् । घरपालुवा पशु चौपाया खाइदिने भएकाले चितुवालाई आ तं कमात्रै होइन त्रास बढाउने जन्तुका रूपमा लिने गरिएको छ । तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट मानिसहरुले ज्या न गु माएका समाचारहरु आएका छन् । यस्तो जनावरलाई खसीबोका जसरी दाम्लोमा बाँधेर मानिसहरुले लुरुलुरु हिँडाएको भिडियो भाइरल हुनु स्वभाविक देखिन्छ ।

जनावरमध्ये चितुवा छिटो दौडने जीवभित्र पर्दछ । नलठ्याइ यसलाई समात्न सजिलो छैन । तर, पर्वतको दृश्य देख्ने सबैलाई अचम्म लाग्ने रह्यो । चितुवा विज्ञले भने यसलाई ‘जोखिम’को संज्ञा दिएका छन् ।

सोमबार अपरान्ह साढे ४ बजेतिर पर्वतको जलजला गाउँपालिका–७ मिलन चोक नजिकैको कालीगण्डकीको बगरमा स्थानीय अमृत आचार्यले घाँस काट्न जाने क्रममा चितुवा देखेका थिए । उनले कालीगण्डकी बगर नजिकैको रुखमुनि बसेको उक्त चितुवा देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेको अस्थायी प्रहरी चौकी मिलन चोकका इन्चार्ज प्रहरी सहायक निरीक्षक ध्रुव बोहोराले बताए ।

चितुवा छ भन्नेबित्तिकै स्थानीय र प्रहरी उक्त स्थानमा पुगे । ‘हामी ५ बजेतिर चितुवा बसेको ठाउँमा पुगेका थियौं । त्यतिञ्जेलसम्म मानिसहरु जम्मा भइसकेका थिए,’ असई बोहोराले भने, ‘चितुवा त्यति आक्रामक नदेखिएपछि हामीले पासो थाप्ने निधो गर्‍यौं ।’ चितुवाको हेराई एकोहोरो र पछाडि भागमा चोट लागेजस्तो देखिएको थियो ।

स्थानीयले उक्त चितुवालाई सुरुमा ल खेट्न खोजेका थिए । तर, कुनै प्रतिक्रिया नजनाएपछि सबै मिलेर नाम्लोको पासो थापे । कमजोर र बिरामीजस्तो देखिने चितुवाले प्रतिकार गरेन । त्यसपछि दाम्लोले बाँधियो । प्रहरी र स्थानीयले भेटिएको बगरबाट हिँडाएर मूल बाटोसम्म ल्याए । भाइरल भएका फोटो र भिडियो त्यही बेलाको हो ।

चितुवालाई दाम्लोमा बाँधेर डोर्‍याएका अस्थायी ट्राफिक पोष्ट मिलन चोकका ट्राफिक प्रहरी जवान अनिल कार्कीले कुनै आ’क्रमण नगर्ने निश्चित भएपछि मात्रै डोर्‍याएका थिए । मिलन चोक ल्याएपछि जिल्ला प्रहरी र वन कार्यालयलाई स्थानीय प्रहरीले खबर गरेको थियो । सहायक वन अधिकृतलाई पठाएर चितुवालाई केजमा हालेर कार्यालयमा ल्याइएको डिभिजन वन प्रमुख अशोककुमार श्रेष्ठले कान्तिपुरलाई बताए ।

उद्धार गरिएको उक्त चितुवा लट्ठिएको अवस्थामा रहेको र त्यति सक्रिय पनि नरहेको उनको भनाइ छ । चितुवालाई वन कार्यालयभित्रै उपचार गराएर औषधि दिइएको छ । पर्वतमै उपचार सम्भव नभए राष्ट्रिय प्रकृति सरक्षण कोषसँग समन्वय गरेर चितवन पठाउन पनि सकिने श्रेष्ठले जानकारी दिए । चितुवा बुढो भएको र खाना नपाएर बिरामी भएको अनुमान गरिएको छ ।

पर्वतमा मानव वन्यजन्तु द्व न्द्वका घटनाहरु धेरै हुने गरेका छन् । विगतका वर्षमा वन्यजन्तुको आ क्र मणका वार्षिक ७५/७६ वटा घ टनाहरु हुने गरेको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ । चितुवाको आ क्रमणमा परेर मानिसहरु घा इते भएका घटनाहरु पनि भएको कार्यालयले जनाएको छ ।लकडाउनको अवधिमा पर्वत क्षेत्रमा दुई वटा चितुवा मृत अवस्थामा फेला परेका थिए । एउटा जलजले गाउँपालिका र अर्को कुश्मा नगरपालिकाको वन क्षेत्रभित्र फेला परेको श्रेष्ठले बताए ।

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख एवं चितुवामा विद्यावारिधि गरेका तेजबहादुर थापाले बिरामी जस्तो देखिने उक्त चितुवालाई त्यसरी दाम्लो बाँधेर डुलाउनु गलत भएको बताए ।

चितुवा हिं स्रक जीव भएकाले दाम्लोमा बाँधेर ल्याउनु अनुचित रहेको भन्दै यस्ता घटनाहरु आगामी दिनहरुमा हुन नदिनका लागि सबै सचेत हुनुपर्ने उनले बताए । ‘त्यो बिरामी थिएन भने त्यसले गर्ने क्षति कस्तो हुन्थ्यो ? यसतर्फ हामीले ध्यान दिन जरुरी छ,’ उनले भने । यद्यपि उनले उक्त चितुवालाई स्थानीयले आ क्र मण नगरी उद्धार कार्यमा सहयोग गर्नु राम्रो भएको प्रतिक्रया दिए ।

चितुवा र बाघजस्ता जीवहरु खाना नपाउँदा र अन्य सामान्य अवस्थामा मानिसलाई झम्टदैनन् । कमजोर हुँदा, जंगलमा खानाको पर्याप्तता नभएपछि चितुवा लगायतका अन्य जीवहरु बस्ती प्रवेश गर्ने गरेको प्राध्यापक थापाले बताए ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…