कश्मीरमा उड्यो गोर्खा सैनिकको सपना : न बाबुको इच्छा पूरा भयो, न छोराको वाचा

बुटवल । भारतीय सीमा सुरक्षामा खटिएका गुल्मीका ३८ वर्षीय युवकले आफ्ना ९० वर्षीय बुवासँग गरेको वाचा अधुरै रहेको छ । यस पटक बिदामा आउँदा बाबुलाई पहाड लैजाने वाचा गरेका उनको कश्मीरमा भारतीय सीमा रक्षामा खटिएकै बेला सोमबार बिहान पाकिस्तानी सेनाबाट भएको गो’ली’बारीमा मृ’त्यु भएको छ ।

दुई वर्षअघि आमा गु\माएका गुल्मीको छत्रकोट गाउँपालिका–५ खज्र्याङका दीपक कार्कीका ९० वर्षीय वृद्ध शालिकराम थापाले उनैलाई कुरिरहेका थिए ।

तराईको गर्मी खप्न नसकेपछि बाबुले फागुनमै फोन गरेर आफू पहाड (गुल्मी) जान खोजेको बताएका थिए । दीपकले चैतको अन्तिम साता दुई महिनाको छुट्टीमा आउने जानकारी दिएका थिए । तर, कोरोना महामारीले लकडाउन भएपछि उनी उतै थुनिए । त्यसले न बाबुको पुर्खौली थलो पुग्ने सपना पूरा भयो, न दीपकको बाबु भेट्ने वाचा ।

गुल्मीबाट दुई वर्षअघि मात्र रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा बसाइँ सरेका कार्की परिवारमा बुवा, श्रीमती, दुई छोरी र एक छोरा छन् ।

दीपकका दाजु कृष्ण कार्कीका अनुसार उनी दशैंमा एक महिनाको छुट्टीमा आएर फर्केका थिए । भारतीय सेनामा उनको १८ वर्ष पूरा भएको थियो ।

एक वर्षअघि नै पेन्सन आउने तयारी गरेका उनी सिपाहीबाट हवल्दार पदमा बढुवा भएपछि रोकिएका थिए । ‘एक वर्षअघि नै पेन्सनमा निस्कन खोजेको थियो,’ दाजु कृष्णले भने, ‘बढुवा भएपछि रोकिएको हो, यस्तो हुन लेखेको रहेछ ।’ उनी पनि भारतको मुम्बईमा काम गर्छन् ।

भारतबाट आएर गुल्मीकै छत्रकोटमा २४ दिनदेखि क्वारेन्टाइनमा छन् । भाइको मृत्युको खबर पाए पनि उनको स्वाब परीक्षणको रिपोर्ट नआएका कारण घर पुग्न पाएका छैनन् ।

कार्की भारतीय सेनाको ३/५ गोरखा राइफल्समा कार्यरत थिए । जम्मू–कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका उनलाई सोमबार बिहान गो’ली लागेको थियो ।

गम्भीर घाइते उनको उपचारकै क्रममा मृ’त्यु भएको भन्दै भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले परिवारलाई मृ’त्युको जानकारी गराएका थिए । उनको शव मंगलबार गोरखपुरमा ल्याइएको छ ।

शवलाई भारतीय सेनाको टुकडीले सलामी अर्पण गरेपछि गोरखपुरमै अ’न्त्येष्टि गर्ने जानकारी गराएपछि श्रीमती, ५ वर्षीय छोरा, ११ र ९ वर्षका दुई छोरीसहित आफन्त गोरखपुर पुगेका छन् ।

गुल्मीको खर्ज्याङका उनका छिमेकी हरिनारायण शर्माले दीपक युवा अवस्थादेखि नै निकै लगनशील र मेहनती युवा भएको बताए । ‘सारै मिलनसार र मेहनती थियो,’ उनले भने, ‘तर, अल्पायुको रहेछ, उसको मृत्युको खबरले गाउँ नै शोकमा छ ।’ उनको मृत्युको खबरसँगै उनका साथी र चिनेजानेकाले मात्रै नभई अन्यले पनि सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रकट गरेका छन् ।

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…