चीनद्वारा ३३ हेक्टर जग्गा र रुई गाउँ कब्जाबारे काँग्रेसले माग्यो सरकारसँग जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालमाथि चीनले गरेको गतिविधिबारे सरकारको जवाफ माग गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपसभापति निधिले हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा गरिएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा, गोरखाक‍ो रुई गाउँ कब्जा, क‍ोरोनाबारे सहयोग र चिनियाभाषा पढाउने नाउमा चिनियाँ सेना आउने र सरकारलाई चिनिया पार्टीले तालिम दिएको समाचार आयो। सरकारको जवाफ चाहियो ।’

प्रतिनिधिसभाको मंगलबारको बैठकमा काँग्रेस सांसद मिनेन्द्र रिजालले चिनियाँ कम्युनिस्ट पार्टीका नेताले सत्तारुढ नेकपालाई प्रशिक्षण दिएकोमा आपत्ति जनाएका थिए ।

पछिल्लो समय चीनियाँ कम्युनिस्ट नेताहरू नेपालको सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु अपाच्य रहेको भन्दै त्यसतर्फ गम्भीर बन्न नेकपाको ध्यानाकर्षण गराएका थिए ।

सोमबार काँग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्र नारायण देवले कम्युनिस्ट पार्टीले नेपालले भारत र चीनसँग समदुरीमा सम्बन्ध राख्ने भने पनि सरकार चीनतर्फ ढल्काएको आरोप लगाएका थिए ।

नेपाली पुरुषसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्र नेपाली नागरिकता दिने सत्तारुढ नेकपाको सचिवालयको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातिर लगेको बताएका थिए ।

समितिबाट नागरिकता विधेयक पारित भएपछि निधिले वर्षौंदेखि कानुन सम्मत ढङ्गले पाइरहेको वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्ने कानुन सामाजिक, सांस्कृतिक राजनीतिक र संवैधानिक व्यवस्थाविपरीत भएको बताएका थिए । नेकपाको निर्णयको विपक्षीमा उभिएको काँग्रेसले चीनसँगको सरकारको सम्बन्धबारे जवाफ मागेको छ ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…