बेदुराम भूसाल गर्जन : नेपाल आफ्नै खुट्टामा उभिन खोज्दा कांग्रेसलाई किन आपत्ति भयो ?

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद बेदुराम भूसालले स्वतन्त्र भएर नेपालले कानून बनाउँदा मुठभेट गर्नुपर्ने कारण के छ भन्दै प्रश्‍न गरेका छन्। राष्ट्रियसभाको विशेष समयमा बोल्दै भूसालले नेपाल आफ्नो खुट्टामा आफैं उभिनु पर्छ भन्दा मुठभेट गर्ने कारण के छ भन्दै कांग्रेसलाई प्रश्‍न गरे।

सोमबारको बैठकमा कांग्रेस सांसद जितेन्द्र नारायण देवले दिएको अभिव्यक्तिको उनले खण्डन गरे। ‘राजनीतिक दुर्घटना निम्त्याउने भनिएको छ, के का लागि दुर्घटना निम्त्याउने? के भारतसँग जोडिएन नेपाल भनेर? के भारतको छोटे भाइ भएन नेपाल भनेर? हामीले हाम्रो आफ्नो स्वतन्त्र कानुन बनाउँदा मुठभेट गर्ने कारण के छ?

नेपालले आफ्नो खुट्टामा आफै उभिनु पर्छ भन्दा मुठभेट गर्ने?’, उनले सोधे। समितिले सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान राखेपछि कांग्रेस सांसद देवले नेपाललाई चीनको झोलामा राख्न खोजिएको, साम्प्रदायिक दंगा भड्काउन खोजेको भारतसँगको सम्बन्ध तोड्न खोजेको प्रतिक्रिया दिएका थिए।

आजको बैठकमा भूसालले देवको भनाइको खण्डन गर्दै भारतले सात वर्षसम्म बसेपछि मात्रै नागरिकताका लागि आवेदन दिन सक्ने कानून बनाउने त्यही अनुसारको व्यवस्था नेपालमा हुँदा के भिन्नता भयो भन्दै प्रश्‍न गरे। अंगीकृत नागरिकता प्राप्त नगर्दा राजनीतिक र प्रशासनिक अधिकार प्राप्त नहुने उल्लेख गर्दै उनले स्थायी आवासीय अनुमति दिने व्यवस्था गरिएपछि सांस्कृतिक अधिकारमाथि कसरी आक्रमण हुन्छ भने ।

‘संस्कृति आक्रमण भनिएको छ, के भनेको हो? अंगीकृत नागरिकता प्राप्त गर्दा त्यो नागरिकले प्राप्त गर्ने भनेको राजनीतिक अधिकार हो त्यही प्रतिनिधिसभाको समितिले भनेको छ ।

स्थायी आवासीय अनुमति पत्र प्रदान गर्ने छौँ’, उनले भने, ‘त्यसैमा राजनीतिक अधिकार बाहेक अधिकार हुनेछन् भनेको छ । यस्तो हुँदा कहाँबाट संस्कृति आक्रमण हुन्छ? राजनीतिक अधिकार दिए मात्रै संस्कृति अधिकार प्राप्त हुन्छ भन्न खोजिएको हो?’ देवले चीनको झोलामा नेपाललाई राख्‍न खोजिएको भन्दै दिएको अभिव्यक्तिको पनि उनले खण्डन गरे।

भारतसँग जस्तै चीनसँग पनि प्राचीन कालदेखिको सम्बन्ध रहेको उनले उल्लेख गरे। ‘भारतसँगको सम्बन्ध कट गर्दै चीनको झोलामा जाने भनेर के भन्न खोजिएको हो? के भारतको झोलामा जान खोजिएको हो त? नेपाल सधैंभरी भारतको चंगुलमा बस्नुपर्छ भन्न खोजिएको हो?’, उनले सोधे, ‘नेपालले स्वतन्त्र ढंगले निर्णय गर्दा नेपाललाई भारतबाट टाढा बस्‍न खोजिएको भनिन्छ? के सधैंभरी भारतको चंगुलमा बस्नुपर्छ भनिएको हो।

यस्ता अभिव्यक्तिलाई जहिले पनि नेपाललाई भारतको अधिनस्थ बनाउने खोजिएको हो किन नभन्ने?’ उनले भारतीय नागरिकसँग विवाह गरेको कुनै पनि व्यक्तिले निरन्तर ७ वर्षसम्म बसेपछि नागरिकताका लागि आवेदन गर्न सक्ने भनेको बताउँदै नेपालले पनि त्यही गर्दा आपत्ति जनाउनु जरुरी नरहेको बताए। उनले राजनीतिक अभिष्ट पूरा गर्नका लागि निराधार र कपोकल्पित तर्क नगर्न पनि आग्रह गरे।

उनले भुटानमा १० वर्ष, श्रीलङ्कामा ७ वर्ष माल्दिभ्समा १२ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान रहेको समेत स्मरण गराउनुभयो । नेपालले भारतबाट विवाह गरेर आउने महिलाका लागि मात्रै कानून बनाएको उल्लेख गर्दै उनले अन्य मुलुकबाट विवाह गरेर आउने महिलाहरूमा पनि यो कानुन आकर्षित हुने बताए।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…